Comments Add Comment

जेठ १५ मा संविधान जारी गरौं : माधव नेपाल

२२ फागुन, कास्की । एमाले नेता माधवकुमार नेपालले जेठ १५ लाई संविधान घोषणाको मिति मानेर अघि बढ्नुपर्ने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

कास्कीको पोखरामा शुक्रबार आयोजित कार्यक्रममा नेपालले जेठ १५ गते संविधान जारी गर्न एमाओवादीले दिएको सल्लाह उपयुक्त भएको धारणा राखे ।

गणतन्त्र दिवसको दिन नयाँ संविधान जनतालाई दिँदा राम्रो हुने उनको भनाइ थियो ।

प्रचण्ड चक्रव्यूहमा

वार्तामा आउने एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको निर्णय स्वागतयोग्य भएको पनि उनले बताए । तर, चक्रव्यूहमा परेका प्रचण्डले वार्ता र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय गर्नु बाध्यता भएको उनले बताए ।

‘यो दलीय गठबन्धन भनेको चक्रव्यूह जस्तै हो, एउटा न एउटाको मत फरक हुन्छ,’ नेता नेपालले भने, ‘प्रचण्ड ज्यू पनि चक्रव्यूहमा पर्नुभएको छ । त्यसैले वार्तासँगै आन्दोलनलाई लैजाने कुरालाई नकार्न सक्नु भएको छैन ।’

दोस्रो संविधानसभाले आफ्नो कार्यकाललाई गति दिन नसकेको भन्दै नेता नेपालले आलोचना समेत गरे । पूर्वप्रधानमन्त्री समेत रहेका उनले संविधानसभा निष्कृय हुँदा प्रतिक्रियावादी सल्बलाएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment