Comments Add Comment

ईन्भेष्टमेन्ट बैंकले गौतमबुद्ध बिमानस्थललाई हृविलचेयर दियो

Wheel chairसलमान खान

२२ फागुन, भैरहवा । नेपाल ईन्भेष्टमेन्ट बैंक भैरहवा शाखाले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आउने शारिरीक रुपक अशक्त र बृद्धबृद्धाको प्रयोजनार्थ  दुई थान हृविलचेयर प्रदान गरेको छ ।

बैंकले आफ्नो बाषिर्क उत्सबको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तरगत हृविलचेयर प्रदान गरेको हो ।

भैरहवास्थित बिमानस्थलमा बैंकका क्षेत्रिय प्रबन्धक तथा भैरहवा शाखा प्रमुख रामराज उपाध्यायले  नागरीक उड्यन प्राधिकरण निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवाका निर्देशक धर्मेन्द्र पाण्डेयलाई हृविलचियर हस्तान्तरण गरे ।

सो क्रममा क्षेत्रिय प्रबन्धक उपाध्यायले बिमानस्थला महत्वपुर्ण बस्तुका रुपमा रहने हृविलचियर प्रदान गरीएको बताउदै भबिश्यमा पनि सामाजिक उत्तर दायीत्व अन्तरगत यस्तै सहयोग गरीने बताए ।

सो अबसरमा बिमानस्थलका निर्देशक पाण्डेयले एभरेष्ट बैंकले प्रदान गरेको हृविलचियरले शारिरीक रुपमा अशक्त, बृद्धबृद्धा लगायतलाई बिमानसम्म लैजान र बिमानबाट बाहीर सम्म ल्याउन मद्धत पुग्ने जनाउदै सानो भएपनि ठुलो सहयोग भएको उल्लेख गरे ।

ईन्भेष्टमेन्ट  बैंकको देशभरीमा ४४ शाखा, २० शाखा रहीत बैंक, ७९ वटा एटीएम मार्फत ५ लाख ७० हजार सेवाग्राहीले सेवा पाईरहेका बैंकका कर्मचारी चन्दन पाठकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment