Comments Add Comment

विमानस्थल शनिबार विहान १० बजेसम्म नखुल्ने

Airport-ma-Alapatra-1

२२ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल शनिबार विहान १० बजेसम्म नखुल्ने भएको छ । टर्किस एयरलाइन्सको विमान धावनमार्ग अवरुद्ध हुने गरी दुर्घटना भएपछि बुधबार विहानबाट नेपालको अन्तराष्ट्रिय उडान तथा अवतरण ठप्प भएको छ ।

विमान हटाउने प्रयास जारी छ । विमान हटाउने प्रयास जारी छ । तर, लामो समयसम्म अन्तराष्ट्रिय उडान तथा अवतरण बन्द हुँदा हजारौं यात्रु मारमा परेका छन् ।

विमान सुचारु हुने आशमा विमानस्थल पुगेपनि निराश भएर फर्किने गरेका छन् । नेपाल आउन लागेकाहरु विभिन्न देशका विमानस्थलमा अलपत्र परेको खबरहरु आउन थालेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल बन्द हुने समय पटक-पटक समय थप्दै आएको छ । शुक्रबार विहान १० बजे खुल्ने भनिएको पनि विहान साँझ ५ बजेसम्म बन्द रहने जानकारी दिइयो ।

मध्यन्हतिर विमानस्थल बन्द रहने समय शनिबार विहान १० बजेसम्म लम्बयाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment