Comments Add Comment

भारतीय वायुसेनाको विमान ल्याएकोमा बैद्य माओवादीको विरोध

२२ फागुन, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको विमान हटाउन भारतीय वायुसेनाको विमान र सैनिक ल्याएकोमा विरोध गरेको छ ।

फाइल फोटो
फाइल फोटो

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग नै अवरुद्ध हुने गरी बुधबार दुर्घटना भएको टर्किस एयरको विमान हटाउन प्राविधिकसहितको टोली लिएर बिहीबार भारतीय वायुसेनाको विमान आएको थियो ।

बैद्य माओवादीले भने राष्ट्रिय स्वाधिनताप्रति गम्भीर हेलचेक्राइँ भएको उसले बताएको छ ।

बाहृय सहयोगको हकमा गैरसैनिक उपाय खोजिनु पर्ने भन्दै माओवादी प्रवक्ता पम्फा भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘यस विषयलाई बाहानाको रुपमा प्रयोग गर्दै एउटा छिमेकी राष्ट्रको वायुसेनाको विमान र सैनिकहरू उपस्थित गराउनु राष्ट्रिय स्वाधिनताप्रति गम्भीर हेलचेक्राईँ भएकाले हामी यसको घोर भत्र्सना गर्दछौं ।’

धावनमार्ग अवरुद्ध भएको लामो समयसम्म पनि खुलाउन र हजारौ यात्रुलाई कष्टबाट बचाउन नसक्नुले सरकारको असक्षमता र जनविरोधी चरित्र उजागर भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

बैद्य माओवादीले दुर्घटनामा मानवीय क्षति नभएकोमा खुसी व्यक्त गरेको छ भने तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment