Comments Add Comment

तराई-मधेसमा होलीको रौनक (फोटो फिचर)

Holi,-Rupandehi२२ फागुन, काठमाडौं । रंगहरुको पर्व होली शुक्रबार तराई मधेसका जिल्लाहरुमा विशेष हर्षोल्लासका साथ मनाइदैछ ।

साथीसंगी र इष्टमित्र भेला भइ रंग तथा अविर एकअर्कामा लगाइदिएर होली खेल्ने परम्परा छ । तराई मधेसका जिल्लाहरुमा बालबालिका, युवायुवतीहरू बिहानदेखि होली खेल्न व्यस्त छन् । होली मिलन समारोह, ‘मट्का फोर’ कार्यक्रम र सांगितिक प्रस्तुतिहरु पनि आयोजना भैरहेका छन् ।

विष्णुभक्त प्रल्हादलाई आगोमा जलाउन खोज्दा पापी प्रवृत्तिकी होलीका आगोमा भष्म भएको खुसीयालीमा होली मनाउन थालिएको पौराणिक कथन छ ।

विहीबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा होली मनाइएको थियो । शुक्रबार तराई-मधेसमा होलीको रौनक छ । होलीमा उच्छृङ्खल गतिविधि हुन नदिन प्रहरीले विशेष निगरानी बढाएको छ ।

तराई-मधेसको होलीलाई तस्वीरमा हेरौं-

Holi,-Rupandehi-2Holi,-Rupandehi-4Holi,-Rupandehi-3Biratnagar-1Parasi-Kawasoti-Holi

तस्वीरहरु : रुपन्देहीबाट सलमान खान, विराटनगरबाट ध्रुव भट्टराई र नवलपरासीबाट रामकुमार श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment