Comments Add Comment

काठमाडौंसँग टुट्यो ५० हजार मानिसको ‘कनेक्सन’

२२ फागुन, काठमाडौं । विमान सेवा बन्द भएको काठमाडौंमा मात्रै हो । तर, यसको असर संसारभरि फैलिएको छ । यसले पनि स्पष्ट पारेको छ, संसारभरि नेपालको ‘कनेक्सन’ कहाँसम्म रहेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको तीन दिन भइसकेको छ । अझै पनि धावनमार्गबाट दुर्घटनाग्रस्त टर्किस एयरको जहाज हटाउन सकिएको छैन । संसारसँग काठमाडौंको सम्पर्क टुट्दा यसको असर भारत, चीन, थाइल्याण्ड, कतार मलेसिया, हङकङ लगायत विश्वका धेरै ठाउँमा परेको छ ।

काठमाडौंको विमानस्थलमा तीन दिनदेखि विमान कुरेर तास खेल्दै बसेका विदेशीहरुको उपस्थितिले नेपालको अन्तरराष्ट्रिय कनेक्सन स्पष्ट गर्छ ।

air destination from nepal

काठमाडौंको विमानस्थलमा भेटिने युरोपियन वा अमेरिकन नागरिकको जस्तै भुक्तमान कतार, मलेसिया, हङकङ वा बैंककका विमानस्थलको चिसो भुइँमा सुतिरहेका नेपाली यात्रुले भोगेका छन् । ठाउँ र देश फरक छ, तर सबैको पीडा काठमाडौं विमानस्थलसँगै जोडिएको छ ।

तीन दिनको यो यस अवधिमा झण्डै आधा लाख स्वदेशी तथा विदेशी हवाइ यात्रुहरु प्रभावित भएका छन् । त्रिभुवन विमानस्थलबाट औषतमा दैनिक ४० वटा अन्तर्राष्ट्रिय उडान हुन्थ्यो भने त्यति नै संख्यामा अवतरण हुने गर्थ्यो ।

त्रिभुवन विमानस्थल हुँदै दैनिक १५ हजार यात्रुहरु मुलुक बाहिरिने तथा भित्रिने गर्थे । तीन दिन उडान अवतरण ठप्प हुँदा ४५ हजार भन्दा बढी यात्रु प्रभावित हुने विमानस्थल प्रबन्धक पूर्णप्रसाद चुडाल बताउँछन् ।

‘दैनिक ८० वटाको हाराहारीमा उडान-अवतरण हुन्छ, एउटा जहाजले औषतमा २ सयका दरले यात्रु बोके पनि १६ हजार पुग्छन्’ विमानस्थलका अधिकारीको भनाइ छ ।

Country wise airlinces

अहिले त्रिभुवन विमानस्थलमा मात्रै नभई नेपाल उडान गर्ने मुलुकका विमान स्थलहरुमा समेत यात्रुहरु अलपत्र छन् । विमानस्थलमा झोला बोकर आउने, दिनभरि कुर्ने र बेलुका फर्किने यात्रुहरुको दिनचर्या बनेको छ ।

बुधबार बिहान दुर्घटनामा परेको विमानलाई भारतीय तथा नेपाली प्राविधिक टोलीले हटाउने प्रयास गरिरहेका छन् । विमानस्थल कार्यालयले बेलुका ५ बजेसम्मका सबै उडान अवतरण बन्द गरिसकेको छ । जहाज कति बेलासम्म धावन मार्गबाट हट्छ भन्ने विषयमा विमानस्थल कार्यालय नै अनभिज्ञ रहेको छ । जसले गर्दा स्वदेश तथा विदेशका यात्रुहरु विमान स्थल धाउँदै दुःख पाइरहेका छन् ।

एक सय ५० टनभन्दा बढी तौल भएको जहाज हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरण दिनरात नभनी अहोरात्र खटिएको छ । विमानलाई बेलुकासम्म एप्रोन (पार्किङ स्थल)सम्म पुर्‍याउने विश्वासमा प्राविधिक टोली छ ।

यो पनि पढ्नुहोस्

हङकङ विमानस्थलमा २ सय नेपाली अलपत्र

बैंककमा अलपत्र नेपाली भन्छन्- पानी किन्ने पैसा सकियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment