Comments Add Comment

धोनीले जिताए भारतलाई, वेष्टइण्डिज पराजित

MS-Dhoni

२२ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले वेष्टइण्डिजलाई ४ विकेटले पराजित गरेको छ । भारतलाई लगातार चौथो जित दिलाउने क्रममा कप्तान महेन्द्रसिंह धोनीले फिनिसरको भूमिका निभाए ।

धोनीले ४० ओभरमा चौका हान्दै भारतलाई जित दिलाए । ५६ बलको सामना गरेका उनले तीन चौका र चार छक्काको मदतमा ४५ रन बनाए ।

खराव सुरुवात गरेको भारतको पारी एक समय संकटमा परेको थियो । उसले १३४ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो ।

तर, धोनीले आर अश्विनसँग सातौं विकेटका लागि अविजित ५१ रनको महत्वपूर्ण साझेदारी गरे । यससँगै भारतले ३९.१ ओभरमा ६ विकेट गुमाएर १८५ रन बनायो र ४ विकेटको जित हात पार्‍यो ।

भारतका विराट कोहली ३३ र सुरेश रैना २२ रनमा आउट भए । अजिन्या रहाणे १४ मा आउट भए भने जडेजा १३ रनमा पभेलियन फर्किए ।

वेष्टइण्डिजका टेलर र आन्द्रे रुसेलले २-२ विकेट लिए ।

यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको वेष्टइण्डिज ४४.२ ओभरमा १८२ रन बनाउँदा अलआउट भएको थियो ।

वेष्टइण्डिजले राम्रो सुरुवात गर्न सकेन । ८५ रन जोड्दा ७ विकेट गुमाइसकेको वेष्टइण्डिजका कप्तान जेशन होल्डरले सम्हालिएर खेल्ने प्रयास गरे ।

आठौं विकेटका लाडि डरेन शामीसँग ३९ रनको साझेदारी गरेका उनले नवौं विकेटका लागि टेलरसँग ५१ रनको पारी खेले । उनी ५७ रनमा आउट भए ।

शामीले २६ रनज बनाए भने क्रिस गे र कार्टरले समान २१-२१ रन बनाए । टेलर ११ मा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

भारतमा मोहम्मद शामीले ३ विकेट लिए भने उमेश यादव र रविन्द्र जडेजाले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment