Comments Add Comment

भारतविरुद्ध क्रिस गेल ‘फेल’

Chris-Gayle

विश्वकपका ठूला टीमहरुविरुद्ध आफ्नो ब्याटले डंका पिटेका वेष्टइण्डिजका क्रिस गेल भारतविरुद्ध भने चल्न सकेनन् ।

विश्वकप क्रिकेटमा शुक्रबार भारतविरुद्धको खेलमा उनी मात्र २१ रनमा आउट भएका छन् । शानदार सटहरु खेल्ने प्रयास सुरु गर्दा नगर्दै गेललाई मोहम्मद शामीले मोहित शर्माको हातबाट क्याच गराए ।

गेलले भारतविरुद्ध पछिल्लो पटम २००६ मे १८ मा किंगस्टनमा शतक बनाएका थिए । त्यसबेला उनले १३० बलमा १२३ रन बनाएका थिए ।

त्यसपछि गेलले भारतविरुद्ध १९ पारी खेलिसकेका छन् । उनले कुल ४५० रन बनाएका छन् । समग्रमा उनको औषत रन २३.४८ मात्र हुन्छ ।

चार पटक त उनले खाता नै खोल्न सकेनन् भने सात पटक दोहोरो अंकको रन पनि बनाउन सकेका छैनन् । समग्रमा भने भारतविरुद्ध उनले चार शतक र पाँच अर्धशतकसहित १२२० रन बनाएका छन् ।

२००६ पछि भारत विरुद्ध ‘फेल’ भएका गेल अन्य टीमविरुद्ध भने चम्कँदै आएका छन् ।

उनले १५ शतकीय पारी खेलिसकेको छन् । हालै मात्र जिम्बावेविरुद्ध २१५ रन बनाउँदै विश्वकपकै पहिलो दोहोरो शतकको कीर्तिमान समेत बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment