Comments Add Comment

क्यानाडामा एनआरएनले गर्रयो राजदूतको स्वागत

kali prasadटोरोन्टो । एनआरएन क्यानाडाले क्यानाडाका लागि नेपालका राजदूत कालीप्रसाद पोखेरेलको स्वागत गरेको छ l स्वागत समारोह तथा अन्य कार्यक्रमहरुमा सहभागी हुन नवनियुक्त राजदूत करिब ५ सय किमि टाढा मिसिसागा सहर आएका थिए । राजदूत आइतबार नै ल्होसार सांस्कृतिक कार्यक्रम तथा नेपाली भाषामा क्यानाडाबाट प्रसारण हुन लागेको एउटा टीभी कार्यक्रमको छलफलमा सहभागी भएका थिए ।

राजदूतले आफ्नो कार्यकालमा नेपाल र क्यानाडाबिचको सम्बन्ध अझ मजबूत बनाउन काम गर्ने बताउदै उनले नेपालमा लगानीयोग्य वातावरण बन्दै गएकाले गैर आवासीय नेपाली लगायतलाई लगानी गर्न आग्रह गरे । कार्यक्रममा विदेश मन्त्रालयका लागी संसदीय समितिका सचिव बब डेचर्डले नेपाली समुदायबाट लामो समय देखि माग हुदै आएको काठमाडौँमा भिसा सेक्सन राख्ने बिषयमा क्यानाडा सरकारले पहल गरिरहेको बताए ।

सर एडमण्ड हिलारी फाउनडेशनका संथापक जेक ओकनरले आफुले हिमाल चड्दाका अनुभव तथा फाउनडेशनले नेपालमा गरिरहेका कामकाबारेमा बताए । भारतका लागि टोरोन्टोका कन्सुलेट जनरल अखिलेश मिश्राले नेपालीमा मन्तब्य राखेका थिए ।

कार्यक्रममा क्यानाडाका लागि नेपालका मानार्थ कन्सुलेट जनरल डा. कुञ्जरमणि शर्मा, एनआरएन क्यानाडाका सल्लाहकार ज्योति बैध्य लगायतले राजदूतको स्वागत गरेका थिएl  सम्मान समारोहमा क्यानाडाका केहि सासद, एनआरएन क्यानाडाका पधादिकारीहरु पनि उपस्थित थिए ।

कार्यक्रममा एनआरन क्यानाडाका अध्यक्ष्य अनिल थापाले उपस्थित सबैलाई धन्यबाद दिंदै आफ्नो करिब दुइ बर्से कार्यकालको समीक्षा र केहि गर्न बाँकि रहेका कामका विवरण प्रस्तुत गरे । सोही अवसरमा किरण ढुंगानाले लेखेको पुस्तक Montreal Cafe को पनि बिमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment