Comments Add Comment

पारस र विमल युरोबाट सम्मानित

२२ फागुन, काठमाडौं । युरो इन्टरनेसनल स्कुल काँडाघारीले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय फुटबलर विमल घर्ती मगरलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

Paras-Khadka-and-Bimal-Gharयुरो कला तथा संस्कृति महोत्सवका अवसरमा कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई जनही २५ हजार र युरो खेलकुद सम्मान पुरस्कारबाट सम्मान गरिएको हो ।

आ-आफ्नो खेल मार्फत अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा अभिबृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएकोले खड्का र घर्तीमगरलाई सम्मान गरिएको युरो इन्टरनेसनल स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment