Comments Add Comment

आइफोनमा असम्भव १० चीज, जो सामसुङ ग्यालेक्सी ६ मा सम्भव छन्

samsung-and-iphone

सामसुङले यसै हप्ता सार्वजनिक गरेको ‘ग्यालेक्सी एस ६’ र ‘ग्यालेक्सी ६ इज’ सुबिधा र डिजाइनका सन्दर्भमा बिल्कुलै नयाँ सुरुवात हो ।

यसअघि सामसुङले नयाँ संस्करणका ग्यालेक्सी सेट ल्याउँदा पुरानै डिजाइनको जगमा केही सुबिधा थपथाप गर्दथ्यो । तर, यसपटक डिजाइन, सुबिधा र प्रयोग गरिने सामाग्री लगायत धेरै पक्षमा बिल्कुलै नयाँ सुरुवात गर्‍यो ।

यसै पनि ग्यालेक्सीको नयाँ सेरिज र आइफोनको नयाँ सेरिजवीच बजारमा प्रतिस्पर्धा हुने गर्छ । स्मार्टफोन प्रयोगकर्ताले पनि यी दुवै फोनका फिचर तुलना गरेर किन्छन् । आज हामी तपाईंलाई सामसुङको पछिल्लो सेटमा उपलब्ध केही यस्ता फिचरबारे जानकारी दिंदैछौं, जुन प्रतिस्पर्धी आइफोन ६ वा ६ प्लसमा उपलब्ध छैनन् ।

1-you-can-use-the-galaxy-s6-and-s6-edge-to-make-payments-at-any-store-with-a-credit-card-reader-using-samsung-pay१. ग्यालेक्सी एस ६ र सिक्स इजमार्फत् तपाईले क्रेडिटकार्ड मार्फत् कुनै पनि स्टोरमा सपिङ गर्न सक्नुहुन्छ । यसका लागि तपाईलाई सामसुङ पे सुबिधा उपलब्ध छ ।

तर, आइफोन ६ र सिक्स प्लसमा उपलब्ध एप्पल पेमार्फत् तपाईं यस्ता स्टोरमा मात्र किन्न सक्नुहुन्छ जहाँ नियर फिल्ड कम्युनिकेसन सिस्टम उपलब्ध छ ।

2-you-can-also-charge-samsungs-new-phone-wirelessly-with-a-charging-pad-instead-of-plugging-it-in२. सामसुङ ग्यालेक्सीको नयाँ सेरिज फोन तपाईले चार्जर प्लगमा नजोडि वायरलेस चार्ज गर्न सक्नुहुन्छ । यसका लागि तपाईले चार्जर प्याडमाथि फोन राखिदिए पुग्छ । तर, आइफोनमा वायरलेस चार्जिङ सुबिधा उपलब्ध छैन ।

3-the-galaxy-s6-and-galaxy-s6-edge-can-be-charged-super-quickly-samsung-says-10-minutes-of-charging-will-get-you-four-hours-of-use३. सामसुङ ग्यालेक्सी ६ र सिक्स इजमा सुपर क्वीक चार्जिङ सुबिधा छ । १० मिनेट चार्ज गर्दा ४ घण्टा प्रयोग गर्न मिल्नेगरी सुपर चार्जिङ सुबिधा उपलब्ध छ । तर, आइफोनमा फास्ट चार्जिङ सुबिधा उपलब्ध छैन ।

4-with-the-galaxy-s6-edge-you-can-assign-a-specific-color-to-any-contact-your-phone-will-light-up-as-that-color-when-the-contact-calls४. ग्यालेक्सी सिक्स इजमा तपाईले फोनबुकमा सेभ गरिएकोमध्ये कुनै एक नामलाई बिशेष रंगमा बदल्न सक्नुहुन्छ । यदि सोही नाम वा नम्बरबाट फोन आयो भने तपाईंले जुन रंग दिनुभएको त्यही रङमा स्क्रिन बदलिन्छ । तर, आइफोनमा यस्तो फिचर छैन ।

5-you-can-launch-the-camera-on-the-galaxy-s6-or-s6-edge-by-double-tapping-the-home-button५. होम बटनमा डबल ट्याप गरेपछि तपाईले सामसुङ ग्यालेक्सीका नयाँ सेरिजका फोनमा क्यामेरा अन गर्न सक्नुहुन्छ । तर, आइफोनमा क्यामेरा खोल्न क्यामेरा एपमा थिच्नैपर्छ । जसले गर्दा तपाईंले हतारमा फोन झिकेर फोटो खिच्नुपर्ने भए नभ्याउन सक्छ ।

6-the-camera-on-the-galaxy-s6-also-tracks-a-subject-as-it-moves-so-it-doesnt-lose-focus६. सामसुङ ग्यालेक्सीमा प्रयोग गरिएको नयाँ क्यामेराले क्यामेरामा देखिएको बस्तु हल्लिएको भए त्यहीअनुसार खिच्छ जसले गर्दा फोकस आउट हुँदैन । आईओएस ८ भर्सनमा एप्पलले खिचेका तस्वीर सम्पादन गर्न सजिलो हुने फिचर राखेको भए पनि सामसुङमा जस्तो बस्तु हल्लिइरहेको थाहा पाउने सुबिधा भने छैन ।

7-both-new-samsung-phones-come-with-a-smart-manager-app-that-lets-you-clean-up-your-phone-with-the-press-of-a-button७. दुवै सामसुङ सेटमा नयाँ ‘स्मार्ट म्यानेजर’ एप राखिएको छ । फोनको बटन थिचेकै भरमा यो एपले तपाईको फोनमा अनाबश्यकरुपमा स्टोर भएका फाइललाई क्लिन गर्छ । आइफोनमा यस्तै काम गर्ने थर्ड पार्टी एप बिकाश भएको भए पनि यति सजिलो छैन ।

8-most-samsung-galaxy-devices-including-the-galaxy-s6-and-s6-edge-let-you-run-more-than-one-app-at-once-on-the-home-screen-galaxy-s4-shown-below८. नयाँ ग्यालेक्सी सेटसहित पछिल्ला सामसुङ सेटमा एउटै स्क्रिनमा एकभन्दा धेरै एप एकैचोटी चलाउन पाइन्छ । तर, आइफोनमा यो सुबिधा छैन, तपाईले एउटा स्क्रिनमा एकपटकमा एउटा मात्र एप चलाउन सक्नुहुन्छ ।

9-the-galaxy-s6-and-s6-edge-can-also-measure-your-heart-rate९. दुवै ग्यालेक्सी सेटमा मुटुको धडकनको गति नाप्ने सुबिधा छ । तर, अहिलेसम्म एप्पलका कुनै पनि फोनमा हर्ट रेट मोनिटर गर्ने सुबिधा उपलब्ध छैन ।

10-with-the-galaxy-s6-edge-you-can-still-see-the-time-even-when-the-rest-of-the-screen-is-turned-off-theres-no-way-to-do-this-on-the-iphone१०. सामसुङको नयाँ ग्यालेक्सी ६ इजमा तपाईको मुख्य स्क्रिन अफ भए पनि छेउमा रहेको कर्भ स्क्रिनमा मिति, समय र मौसमको सूचना हेर्न सकिन्छ । यस्तो सुबिधा आइफोनमा मात्र हैन, ग्यालेक्सी ६ इजबाहेक अन्य कुनै पनि स्मार्टफोनमा उपलब्ध छैन ।

-बिजनेस इनसाइडरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment