Comments Add Comment

राष्ट्रपतिले भने-सुशीलले स्वास्थ्यबारे कुरै बुझ्नु हुन्न

२२ फागुन, भक्तपुर । राष्ट्रपति डा. रामवरण यादवले आफूले दिएको स्वास्थ्य सम्बन्धी सुझाव प्रधानमन्त्री सुशील कोइरालाले नमानेको गुनासो गरेका छन् । शुक्रबार भक्तपुर क्यान्सर अस्पतालको २० औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रपति यादवले आफूले दिएको सुझावलाई प्रधानमन्त्री कोइरालाले हल्का रुपमा लिने गरेको बताए ।

फाइल तस्वीर
फाइल तस्वीर

राष्ट्रपति यादवले कोइरालालाई दिएको सुझाव राजनीतिक नभइ स्वास्थ्य सम्वन्धी हो ।

‘मैले प्रधानमन्त्री कोइरालालाई सुरुदेखि नै जिब्रो हेरेर क्यान्सर छ, बायोस्फी गर्नुस् भनेको मान्नु भएन, मलाई तर्साएको भन्नुभयो,’ राष्ट्रपति यादवले भने, ‘स्वास्थ्यमा उहाँले कुरै बुझ्नु हुन्न, क्यान्सरलाई पचाईदिन्छु भन्नुहुन्छ ।’

कोइरालाले दुई-दुईवटा क्यान्सर पचाएर देशको काम भने राम्ररी गरिरहेको भन्दै उनले प्रशंसा पनि गरे ।
मेडिकल डाक्टर समेत रहेका राष्ट्रपति यादवले डाक्टरी विद्याले क्यान्सर नपच्ने बताए । सुरुमै उपचार गरे २५ प्रतिशत क्यान्सर पुरै निको भन्दै उनले उपचारमा हेलचेक्राइ नगर्न सबैलाई सुझाव दिए ।

राजनीतिक निकास दिन आग्रह

एकै ठाउँमा आएर राष्ट्रलाई निकास दिन उनले सबै राजनीतिक दलहरुलाई आग्रह पनि गरे । राष्ट्रपति डा. यादवले भने, ‘राजनीतिक दलहरु एकै ठाउँमा बसुन्, राष्ट्रले निकास पाओस्, समय मै संविधान बनोस् र जनता एकदमै खुसी होउन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment