Comments Add Comment

अनलाइन बैंकिङमार्फत ठगी गर्ने दुई बंगलादेशी नागरिक पक्राउ

bangaladesi-nagarik२२ फागुन काठमाडौं । नेपालका बैंकमार्फत अनलाइन बैंकिङमा पहुँच पुर्‍याइ ठगी गर्ने दुई बंगलादेशी नागरिकलाई प्रहरीको केन्दि्रय अनुसन्धान व्यूरो (सीआइबी) ले पक्राउ गरेको छ । ३१ वर्षिय अहमद विन मुसा र ३० वषिर्य शाह मोएजमलाई पक्राउ गरेको सीआइबीले जनाएको छ ।

उनीहरुले काठमाडौंमा रहेका विकास बैंकहरु मध्येका केन्दि्रय कार्यालय हरेको पासपोर्टका आधारमा खाता खोली फागुन १७ गते  ३ सय रुपैयाँ जम्मा गरी १८ गते अनलाइन बैंकिङमा पहुँच पुर्‍याई १० हजार रुपैयाँ निकालेको प्रहरीले जनाएको छ ।

उक्तघटनासम्बन्धी सूचना सानिमा बैंकको सूचना प्रविधि शाखाले थाहा पाएर सीआइबीलाई जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment