Comments Add Comment

क्यानले क्रिकेट प्रशिक्षक पुबुदुको कार्यकाल २ वर्ष थप्न सिफारिस गर्ने

pubudu dassanayake

२२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले प्रशिक्षक पुबुदु दसानायकेको कार्याकाल आगामी २ वर्ष थप्न सरकारलाई सिफारिस गर्ने भएको छ ।

क्रिकेट संघ शुक्रबार प्रशिक्षक दशायायकेसँग ‘वर्किङ एग्रिमेन्ट’ समेत गरेको छ । क्यानले छिट्टै सरकारलाई पुवुदुको कार्यकाल थप गर्न सिफारिस गर्ने बताएको छ । 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइरालाले भने-‘कम्तिमा वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपसम्म पुवुदु दशानायके आवश्यक छ । हामी छिट्टै सरकारलाई उहाँको सेवा सुविधा थपका लागि समेत सिफारिस गर्छौं ।’

क्यानभित्रको विवादका कारण प्रशिक्षक दशायायकेको कार्यकाल नथपिएपछि सरकार आफैंले पुवुदुलाई एक वर्ष प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको उक वर्षे कार्यकाल आगामी जुनमा सकिनेछ ।

तर, उनको कार्यकाल सकिनासाथ नेपालको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप यात्रा सुरु हुनेछ ।

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि क्यानले भिजन वर्ल्डकप २०१९ बनाएर छुट्टै समिति बनाएको छ । यसबारे शनिबारबाट छलफल थाल्ने क्यानका कार्यबाहक अध्यक्ष कोइरालाले जानकारी दिएका छन् । 

के छ ‘वर्किङ एग्रिमेन्ट’ ?

सरकारले गत जुनमा प्रशिक्षकमा पुनः नियुक्त गरे लगतै क्यानलाई पुबुदुसँग ‘वर्किङ एग्रिमेन्ट’ गर्न भनेको थियो ।

तर, कार्यकाल सकिने बेलामा आएर मात्र सम्झौतामा दुबै पक्षले हस्ताक्षर गरेका छन् । १० बुँदा सम्झौतामा प्रशिक्षक दशानायकले क्यानप्रति उत्तरदायी हुनु पर्ने र क्यानकै निर्देशन अनुसार काम गर्नु पर्ने उल्लेख छ ।

यसैगरी । जिल्ला तथा क्षेत्र गएर प्रशिक्षण दिनु पर्ने सहितका बुँदा सम्झौतामा छ । सम्झौतामा प्रशिक्षकले सञ्चार माध्यमहरुमा क्रिकेटको प्राविधिक पक्षबारे मात्र बोल्न पाइने लगायतका बुँदा रहेको क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment