Comments Add Comment

प्रताप लामा भए नेपाली तारा

काठमाडौं । प्रताप लामाले नेपाली सांगितिक रियालिटी शो नेपाली तारा-३ को उपाधि चुमेका छन् । निर्णायकबाट प्राप्त अंकमा दर्शकको भोटको आधारमा नेपाली तारा ३ को उपाधि लामाले प्राप्त गरेका हुन् ।

nepali-tara-3

  • बिजेता लामा (बिचमा)

प्रतापले एउटा बजाज डिस्कोभर मोटरसाइकलसहित २ लाख ५० हजार रुपैयाँ हात पारेका छन् भने तीनवटा गीत गाउने अवसर पाएका छन् ।

फाइनलका लागि सुरेश लामा, प्रताप लामा र देबेस राई छानिएका थिए । देवेश फस्ट रनर अप भएका छन् भने सुरेशले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

शुक्रबार भएको फाइनलमा उत्कृष्ट तीन प्रतियोगीले आफ्नो अन्तिम प्रदर्शन दिएका थिए । अन्तिम १० मा पुगेका प्रतियोगीहरुले जनही ११ हजार रुपैयाँ पाउनुका साथै ‘टप टेन’ एल्वममा गाउने अवसर पाउने आयोजकले जनाएको छ ।

‘नेपाली तारा ३’ को यात्रा गत भदौ १७ मा धरानबाट सुरु भई नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै काठमाडौं आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment