Comments Add Comment

पेट्रोलियम पदार्थको मूल्य एक रुपैयाँ बढ्यो

२२ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर एक रुपैयाँले बढेको छ । स्वचालित मूल्य प्रणाली लागु भएपछि लगातार आठ पटक घटेको पेट्रोलियम पदार्थको मूल्य शुक्रबार पहिलोपटक बढेको हो ।

प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ र डिजेल तथा मटि्टतेलको मूल्य ८७ रुपैयाँ ५० पैसा कायम गरेको प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई बताए । बढेको मूल्य शुक्रबार मध्यरातबाट लागू हुनेछ ।
Petrol-Pumpनिगमले गत असोज १३ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो ।

त्यसयता लगातार आठ पटक गरी प्रतिलिटर पेट्रोलको मूल्य २५ रुपैयाँ ५० पैसा र डिजेलको तथा मट्टितेलको मूल्य १९ रुपैयाँले घटेको थियो ।

‘स्वचालित मूल्य प्रणाली लागू भएयता पहिलोपटक मूल्य बढेको हो,’ प्रवक्ता घिमिरेले अनलाइनखरबसँग भने- ‘अन्तराष्ट्रिय बजारमा भाउ बढेपछि भारतीय आयल निगमले हामीलाई बढेको रेट पठाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment