Comments Add Comment

यसरी बेचिन्छन् नेपाली युवती चीन र कोरियामा

२२ फागुन, काठमाडौं । पेपर म्यारिज गरेर नेपाली युवतीलाई चीन र कोरियामा पुर्‍याउने र बेचबिखन गर्ने अन्तराष्ट्रिय गिरोह पक्राउ परेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तराष्ट्रिय हिरोहका तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पासाङ शेर्पा भन्ने छेरु शेर्पा, विपिन शिवाकोटी र कोरियन नागरिक हि चाङ पार्क छन् ।

यसरी बेचिन्छन् नेपाली चेली

अनुसन्धानका क्रममा पेपर म्यारिज गरेर नेपाली युवतीहरुलाई कसरी चीन र कोरियामा बेचिन्छ भन्ने जालो पत्ता लागेको प्रहरीले बताएको छ । संखुवासभा घर भई धापासी बस्दै आएकी छेरुले चुनदेवीमा घर भाडामा लिएर छेरु इन्टरनेशनल म्यारिज ब्यूरो सञ्चालन गरेकी छिन् ।

Nepali-Girl-Trafficking-in-China-and-Korea

जहाँ विभिन्न प्रलोभन देखाएर नेपाली युवतीहरु विवाहका लागि ल्याएर कोरियन र चिनियाँ दलालसँग समन्वयको काम हुने गरेको छ ।

नेपाली युवती र विदेशी पुरुषहरुको विवाहपछि राख्न उक्त घरमा पाँच कोठा छन् । पेपर म्यारिज हुनुअघि युवतीहरु राख्ने छुट्टै कोठा समेत छ । प्रायः कम उमेरका मंगोलियन अनुहारका युवतीहरुलाई उनीहरुको पहिलो रोजाईमा पर्ने गरेको प्रहरी अनुसन्धानले खाएको छ ।

कोरियन र चिनियाँ पुरुषलाई नेपाली युवतीहरुको फोटो देखाई नेपाल बोलाउने दलाली भने कोरियन नागरिक हि चाङ पार्कले गर्छन् । उनले नेपालमा छेरु म्यारिज ब्यूरोमा जम्मा गरेका युवतीहरुको तस्वीर देखाएर १५/२० लाख लिने र विवाहका लागि कोरियन र चिनियाँ पुरुषहरुलाई नेपाल पठाउने काम गर्दै आएका छन् ।

छानिएका युवतीहरुले ब्यूरोले नै नागरिकता र राहदानी बनाइदिने र ललितपुर, भक्तपुर सहितका जिल्ला प्रशासन कार्यालयमा सेटिङ मिलाएर विवाह दर्ता गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

विवाह दर्तापछि उनीहरुलाई कोरियन वा चिनियाँ भाषा सिकाउने र भिसा लगाउने प्रक्रिया सुरु हुन्छ । भिसा लागेपछि ब्यूरोले नै हवाई टिकट समेत ब्यवस्था गरेर पठाउने गरेको पाइएको छ ।

प्रहरीका अनुसार पेपर म्यारिज गरेर चीन वा कोरिया पुगेपछि भने नेपाली युवतीहरुलाई मानसिक यातनाका साथै यौन शोषण गर्ने गरेको पाइएको छ । यसरी बेचिएका युवतीहरुलाई बच्चा पाउने मेसिन जस्तो ब्यवहार गर्ने र बच्चा नजन्माए ज्यान मार्ने धक्की दिएपछि मात्र नेपाली युवतीहरुले आफू बेचिएको थाहा पाउने गरेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ ।

नेपाली युवतीहरुसँग विवाह गर्ने चिनियाँ र कोरियनहरु २०/३० वर्ष जेठो हुने गरेको पाइएको छ । साथै पेपर म्यारिज गरेर जाने नेपाली युवतीहरुलाई विवाह गरेको पुरुषको नाम समेत थाहा हुँदैन् ।

यसरी बेचिने नेपाली युवतीहरुको संख्या संयौं हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment