Comments Add Comment

नेपाल आउन लागेका शाहरुखलाई टर्किस एयरको तगारो

Shahrukh-Khan

काठमाडौं । पेन्ट्स कम्पनीको प्रर्बद्धनका लागि नेपाल आउन लागेका बलिउड स्टार शाहरुख खानलाई त्रिभुवन बिमानस्थलको धावनमार्गमा तेर्सिएको टर्किस एयरको बिमानले अन्यौलमा पारेको छ ।

आइतबार अपरान्ह एक पाँच तारेमा आयोजना हुने नरोल्याक पेन्ट्सको प्रर्बद्धन कार्यक्रममा सहभागी हुन शाहरुख नेपाल आउन लागेका हुन् । कार्यक्रमका लागि नेपालस्थित नेरोल्याक पेन्ट्सले सवै तयारी पुरा गरिसकेको भए पनि बिमानस्थल संचालन हुने टुंगो नलाग्दा अन्यौल देखिएको छ ।

शाहरुखको तस्वीर राखेर आयोजकले निम्तोपत्र बाँडे पनि बिमानस्थल चल्ने टुंगो नहुँदा अन्यौल थपिएको छ । ‘शाहरुख काठमाण्डौ आउने कुरा हो, तर कहिले आउने भन्ने अहिले नै भन्न सकिन्न’ नेरोल्याकका नेपाल प्रमुख सत्यप्रकाशले अनलाइनखबरसँग भने ।

Shahrukh-Khan-Nepal-Visit-final

  • शाहरूखको कार्यक्रमका लागि आयोजकले पठाएकाे निम्तो पत्र

पूर्व निर्धारित तालिकाअनुसार शाहरुख शनिवार साँझ काठमाण्डौ आउने र आइतबार पेन्ट्सको प्रर्बद्धन कार्यक्रममा सहभागी हुने योजना थियो । तर, त्रिभुवन बिमानस्थल ब्यबस्थापनले शनिवार साँझदेखि बिमानस्थल सुचारु हुने किटान गर्न सकेको छैन् ।

शाहरुख खान नेरोल्याक पेन्ट्सका ब्राण्ड एम्बासडर हुन् । शाहरुख सहभागी हुने कार्यक्रममा आम सर्वसाधारणलाई भने प्रवेश दिइने छैन् ।

पेन्ट्सले दशैं तिहारका अबसरमा आयोजना गरेको उपहार कार्यक्रम अन्र्तगत बिजेताहरुले मात्र शाहरुखलाई भेट्न पाउनेछन् । पेन्ट्सका डिलरहरुका लागि आयोजित कार्यक्रममा पनि उनी सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment