Comments Add Comment

लोग्नेको गुप्तांग निकै ठूलो रहेको भन्दै पत्नीले डिभोर्स मागिन्

big

आखिर जिवन भनेको एउटा कठघरा नै रहेछ । हरेक कुराको लागि सजायको भागिदार हुनुपर्ने । एकजना अभागी पुरुषले आफ्नो गुप्तांग ठूलो भएकै कारण ठूलो मूल्य चुकाउनु परेको छ । लोग्नेको लिंग बढि लामो भएको भन्दै उनकी पत्नीले सम्बन्ध विच्छेद मागेकी छिन् ।

घटना नाइजेरियाको हो । अली मैजिनारीसँग बिहे गरेको एक हप्तामै आइसा दान्नुपावाले पतिको गुप्तांग आफुले सहन नसक्ने आकारको रहेको ठहर हुन् ।

अघिल्लो लोग्नेसँगबाट ३ जना जन्माइसकेकी आइसा दोश्रो बिहे गर्दै मैजिनारीको घरमा भित्रिएकी थिइन् । तर लोग्नेको भिमकाय पुरुषत्वले उनलाई यतिधेरै पीडा दियो की उनले एक हप्ताकै संसर्गबाट अघाएर लोग्नेसँग डिभोर्स गर्ने र असह्य पीडाबाट मुक्त हुने निधो गरेकी छिन् ।

जाम्फारा राज्यकी बासिन्दा गृहिणी आइसाले आफ्नो लोग्नेसँगको विवाहलाई रद्ध गरिदिन सरिया अदालतमा निवेदन दिएकी छिन् ।

सरिया अदालतमा भएको सुनुवाइका क्रममा उनले भनेकी छिन्, ‘जब ऊ आयो हामीहरुले सम्भोग गर्यौँ तर त्यो अनुभव निकै दर्दनाक रह्यो । उसको लिंग निकै ठूलो भएकै कारण सहवासमा आनन्द लिनुको साटो उल्टो भयो ।’

लोग्नेसँगको पहिलो सहवासबाट निकै पीडा भएपछि उनले आफ्नी आमासँग पीडा पोखेकी रहेछिन् । छोरीको पीडा कम गर्न आमाले केही औषधिमुलो गरिन् ।

आमाको औषधिमूलोको सहायताले उनले साहस बटुलेर लोग्नेसँग दोश्रो पटक सहवासमा उत्रिइन् । तर अनुभव झनै पीडादायक भयो । ‘दुइदिन पछि ऊ फेरि आयो र हामीले पुनः सहवास गर्यौँ । तर अनुभव सहनै नसक्ने थियो ।’

त्यसपछि आफुले लोग्नेको लिंगको आकार सहनै नसक्ने र आफ्नो लागि निकै ठूलो भएको निधो गरेको र लोग्नेसँगको वैवाहिक सम्बन्धलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेकी उनले बताइन् ।

उता श्रीमतीद्वारा भिमकाय लिंगको आरोप लगाएर डिभोर्स मागिएका मैजिनारीले भने आफुमाथिको आरोपमा मौन रहँदै आफुले ससुरालीमा दिएको दाइजो फिर्ता दिएमात्रै डिभोर्स दिने अडान अदालतमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment