Comments Add Comment

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि खेलाडी छनोट आइतबारबाट

Nepali-cricket-team

२२ फागुन, काठमाडौं । आइतबारबाट सुरु हुने एकदिवसीय राष्ट्रिय प्रतियोगितासँग वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रक्रिया सुरु गरिने भएको छ ।

तर, यो पटक विगतमा भन्दा धेरै खेलहरु खेलाएर मात्र खेलाडी छनोट गरिने भएको छ । खेलाडी छनोटका लागि एकदिवसीय राष्ट्रिय प्रतियोगितासँगै यू-१९ सहितको छुट्टै अर्को प्रतियोगिता पनि खेलाइने भएको छ ।

यसले यू-१९ मा रहेका क्रिकेटरले पनि नेपाली सिनियर टीममा स्थान बनाउने मौका पाउनेछन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार आइतबारबाट सुरु हुने राष्ट्रिय प्रतियोगिताबाट यू-१९ मा रहेका बाहेकका ५० क्रिकेटर छनोट गरिनेछ । खेलाडी छनोटका लागि क्यानका कार्यबाहक महासचिव उत्तम कर्मचार्य र प्रशिक्षक पुबुदु दसानायकसहितको ३ सदस्यीय समिति बनाइएको छ ।

समितिले छनोट गरेका खेलाडीबाट तीन टीम बनाइनेछ र यू-१९ क्रिकेट टोलीलाई थपेर चार टीमको अर्को प्रतियोगिता खेलाइनेछ । चार टीमले ६-६ खेल खेलेपछि २५ सदस्यीय नेपाली टोली बन्नेछ ।

विगतमा ठूला प्रतियोगिताहरु खेल्नुअघि एउटा राष्ट्रिय प्रतियोगिता गर्ने र खेलाडीहरु छानेर बन्द प्रशिक्षणमा राख्ने गरिन्थ्यो । तर, खेलाडी छनोटको नयाँ प्रक्रियाले नयाँ खेलाडी टीममा आउन सहयोग पुग्ने क्यानका कार्यबाहक अध्यक्ष दीपक कोइरालाले बताए ।

आईसीसीले सार्वजनिक गरेको प्रारम्भीक खेल तालिका अनुसार च्याम्पिनसिपको पहिलो खेलमा नेपालले स्कटल्याण्डसँग उसकै घरेलु मैदानमा खेल्नेछ । यो खेल अपि्रल वा जुनमा हुनेछ ।

राष्ट्रिय क्रिकेटको विजेताले २ लाख पाउने

२ लाख पुरस्कार राशीको राष्ट्रिय क्रिकेट प्रतियोगिता भने आइतबारबाट सुरु हुँदैछ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा चैत ९ गतेसम्म चल्ने प्रतियोगितामा ११ टीमको सहभागिता रहनेछ । जसमा ९ क्षेत्रीय टीम र दुई विभागीय टीम नेपाल आर्मी र सशस्त्र प्रहरीको एपीएफ सहभागी हुनेछन् ।

समूह ए मा आर्मीसँगै क्षेत्र नम्बर १ बिराटनगर, २ वीरगञ्ज, ५ नेपालगञ्ज, ७ जनकपुर र ८ पोखरा छ । समूह बीमा एपीएफ, क्षेत्र नम्बर ३ काठमाडौं, ४ भैरहवा, ५ बैतडी र ९ धनगढी छ ।

समूहको शीर्ष दुई टीम सेमिफाइनलमा पुग्नेछ । विजेताले २ लाख तथा उपविजेताले १ लाख २५ हजार पाउनेछ । प्लेयर अफ दी सिरिजलाई ३० हजार तथा बेष्ट बलरलाई २० र इमर्जिङ प्लेयरलाई १० हजार दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment