Comments Add Comment

कमिलाको गोलोमा सुत्न तम्सिनेको यो हालत

kamila

कमिलाको गोलोमा हात हाल्नुको नतिजा भनेको आफ्नै जिउमा जानीजानी आफै पीडा निम्त्याउनु हो । यस्तो काम आखिर मुर्खले नै गर्छन् । हात हाल्नु त सानो कुरा भयो । एकजना महामुर्ख कमिलाको गोलोमा १० मिनेट सम्म नांगै जिउ बनाएर सुत्छु भनेर तुजुक देखाउँदै तम्सिए । २७ वर्षे बैँसमा त्यो तुजुक पलाउनु स्वभाविकै थियो । तर जब कमिलाका क्रुद्ध आर्मीहरुले उनको नांगो जिउमा निकै पीडा हुनेगरी चिलेर धावा बोले तब उनी ३० सेकेण्डसम्म पनि टिक्न सकेनन् ।

अस्ट्रेलियाका एक युवकले कमिलाको गोलोमा १० मिनेट सम्म सुत्ने धाक लगाएपनि आधा मिनेटमै ऐया आत्था गर्दै भागेको भिडियो अहिले यु ट्युबमा निकै चर्चित बनेको छ ।

दक्षिण सिड्नीका एन्ड्रयु अक्लेसले अपलोड गरेको उक्त भिडियोमा कमिलाको गोलोमाथि सुत्दा बित्तिकै उनको जिउलाई ठूलो संख्यामा कमिलाले छोपेको देखिन्छ । कमिलाले चिल्न थालेपछि उनलाई निकै पीडा भयो । आफ्नो कट्टुभित्र समेत कमिला छिरेर संवेदनशील अंगमा टोकेपछि उनी झनै रन्थनिए र नजिकैको तलाउमा दौडिँदै डुबुल्की मार्न पुगे ।

कमिलाको सबैभन्दा रुचीकर खाना खाने समय कुन हो भन्ने पत्ता लगाउन १० मिनेटसम्म कमिलाको गोलोमा सुत्ने आफ्नो योजना अनुसार आफुले त्यसो गरेको उनले बताएका छन् ।
कान र नाकबाट कमिला भित्र नपसुन् भनेर उनले कान र नाकमा कपास कोचेका थिए ।

स्मरण रहोस् यी युवक यस्तै खालका अनौठा खालका काम गर्ने मानिस हुन् । अघिल्लो महिना उनले रातो भुँडीवाला सर्प हातमा झुण्डाएर दुलोभित्र बसेको खरायोलाई लोभ्याउँदै बाहिर निकालेर समातेको भिडियो अपलोड गरेका थिए ।

उनी वातावरण विज्ञानका विद्यार्थी हुन् र उनको यु ट्युब च्यानल २० लाख भन्दा धेरैले हेरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment