Comments Add Comment

श्रीमती विरामी हुँदा डिभोर्सको जोखिम उच्च

devoce
एक नयाँ अध्ययनले श्रीमती बिरामी भैरहने दम्पतीहरुको वैवाहिक सम्बन्ध टुंगिने सम्भावना बढि हुने देखाएको छ । अध्ययन अनुसार स्वस्थ श्रीमतीवाला दम्पति भन्दा बिरामी भैरहने श्रीमतीवाला दम्पतिमा सम्बन्ध विच्छेदको सम्भावना ६ प्रतिशतले बढि हुने देखिएको छ ।

श्रीमती बिरामी भैरहने घरमा डिभोर्सको जोखिम बढ्ने भएपनि लोग्नेको खराब स्वास्थ्यले भने सम्बन्ध विच्छेदको जोखिम नबढाउने अध्ययनले देखाएको छ ।

अमेरिकाको इओवा स्टेट युनिभर्सिटीका शोधकर्ताहरुले झण्डै दुइ दशक लगाएर गरेको अध्ययनका क्रममा २ हजार ७ सय १ दम्पतिहरुमा शोध गरेका थिए ।

सुरुवातमा लिइएका दम्पतिमध्ये कम्तिमा एक जनाको उमेर ५१ वर्ष थियो । २० वर्षको अन्तरालमा ३२ प्रतिशत दम्पतिले डिभोर्स गरेको र २४ प्रतिशत महिला तथा पुरुष विधुवा वा विदुर बनेको पाइएको छ ।

शोधकर्ता डाक्टर एमेलिया कारेकरका अनुसार श्रीमान श्रीमतीमध्ये श्रीमतीको खराब स्वास्थ्य अवस्था दाम्पत्य जिवनमा फुट ल्याउने महत्वपूर्ण कारक तत्वको रुपमा देखिएको छ । खासगरी स्वास्थोपचारमा हुने खर्चका कारण बढ्ने विवादले दम्पतिलाई डिभोर्ससम्म पूराउने गरेको पाइएको उनको कथन छ ।

पुरुषहरुले श्रीमतीबाट बढि आर्थिक व्ययभार परेको मन नपराउनुका साथै बढि सेवा सुश्रुषा समेत चाहने भएकाले श्रीमती बिरामी हुँदा उनीहरुमा असन्तुष्टिको स्तर बढ्दछ र यसले डिभोर्सको सम्भावनालाई उच्च बनाउने शोधकर्ता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment