Comments Add Comment

सिन्धुपाल्चोकमा सर्वाधिक पुरस्कारको भलिबल प्रतियोगिता सुरु

कूल तामाङ

२३ फागुन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा आजबाट मोफसलकै सर्वाधिक पुरस्कार राशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदैछ ।

‘विकास, अनुशासन स्वास्थ्य र सामाजिक सद्भावका लागी खेलकुद’ भन्ने नाराका साथ नेपाल विद्यार्थी संघ इन्द्रेश्वरी इकाईको आयोजनामा हुन लागेको जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्लाका विभिन्न क्लब, संघसंस्था र विद्यालयका गरी अहिले सम्म २१ वटा टिम दर्ता भएको कार्यक्रम संयोजक कपिल बाँनियाले जानकारी दिए ।

फागुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, द्वितीय हुनेले २५ हजार तथा तीतृय हुनेले १५ हजार रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र पाउने छन । यस्तै सान्त्वना हुनेले ५ हजार नगद पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment