Comments Add Comment

टी–२० सिरिज खेल्न नेपाल आउने स्कटल्याण्डको प्रस्ताव

Nepali-cricket-team

२३ फागुन, काठमाडौं । स्कटल्याण्ड क्रिकेटले टी–२० सिरिजका लागि नेपाल आउने प्रस्ताव गरेको छ ।

स्कटल्याण्ड अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको वन डे विश्वकपको खेलिरहेको छ । तर, समूह चरणबाट बाहिरिने पक्का भएको छ ।

नेपाल क्रिकेट संघ म्यान स्रोतका अनुसार स्कटल्याण्ड क्रिकेटले नेपालका प्रशिक्षक पुबुदु दशानायकेमार्फत नेपाल भ्रमणको प्रस्ताव पठाएको हो । यो प्रस्ताव क्यानको बैठकमा पेश भएको छ तर, कुनै निर्णय भएको छैन ।

स्रोतका अनुसार स्केटल्याण्डले अप्रिल दोस्रो साता नेपाल आउने प्रस्ताव गरेको छ । उसले टी–२० सिरिजका लागि नेपाल आउन चाहेको बताइएको छ ।

यसअघि नेलरल्याण्ड र हङकङले पनि नेपाल आउने इच्छा देखाइसकेको छ । तर, यसबारे अहिलेसम्म कुनै निर्णय भएको छैन ।

एनपीएल क्रिकेट मार्च अन्तिममा

नेपाल क्रिकेट संघ क्यानले जोहरा स्पोर्टसलाई यो वर्ष पनि नेपाल प्रिमियर लिग क्रिकेट गर्न दिएको छ । क्यानका एक सदस्यका अनुसार मार्च २६ देखि अप्रिल ४ सम्म एनपीएल गर्न भनिएको छ ।

जोहराले गत वर्ष कर्पोरेट ६ टिमलाई संलग्न गराएर एनपीएल क्रिकेट गरेको थियो । तर, क्यानको संलग्नतालाई लिएर विवाद भएको थियो ।

यो पटक क्यानको कुनै संलग्नता नरहने र कीर्तिपुर मैदानमा खेल खेल्दाको भाडा लिने गरी प्रतियोगिता आयोजना गर्न दिन लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment