Comments Add Comment

दलितका छोरा र लिम्बूकी छोरीवीच मागी विवाह

किशन शाही
२५ फागुन, मोरङ । समाजमा रहेको जातीय विभेदलाई चुनौती दिँदै मोरङको एक युगल जोडीले दलित र जनजातिवीच मागी बिहे गरेका छन् ।  केरावारी-३ का एक दलित युवकले जनजातिकी छोरीसँग दुबै तर्फका परिवारको स्वीकृतिमा मागी विवाह गरेका हुन् ।

Dipak-and-Shantaदलित र गैर दलित जोडीवीच अहिलेसम्म भागेर मात्रै विवाह हुने गरे पनि दलित युवकले जन्ती लिएर सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् ।

केराबारी-३ का दीपक पोर्तेलले मोरङ पथरी-८ कि शान्ता थेबेसँग आइतबार सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् । लिम्बु समुदायको थेबे परिवारले आफ्नी छोरीको कन्या दान राजीखुशीले दलित युवकसँग गराएर राम्रो  उदाहरण पेश गरेका छन् ।

विवाहमा दलित तथा गैरदलित समुदायका छरछिमेकीहरु जन्ती गएका थिए । बेहुली पटि्टबाट पनि छरछिमेकले भोज खाएका थिए ।

लिम्बुकी छोरीसँग बिबाह गर्न पाएकोमा खुशी देखिएका बेहुलाले भने- ‘विवाहअघि हामीवीच प्रेम पनि थिएन, यद्यपि केटी माग्न गयौं, उनका परिवारले पनि स्वीकार गरेपछि सामाजिक परम्परा अनुसार विवाह गरेका हौं ।’

समाजमा जातीय छुवाछुतको प्रथा अझै पनि हट्न सकेको छैन । तर, समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि जन्ती लिएर बेहुली भित्र्याएको दीपकका बुबा धनबहादुर पोर्तेलले बताए ।

सामाजिक परिवर्तनका लागि अन्तरजातीय विवाह गर्ने संस्कारलाई  समाजले यसैगरी मान्यता दिनुपर्ने दलित हकहित समन्वय समितिका सचिव युपल रुचालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment