Comments Add Comment

दलाई लामा र तिब्बत आन्दोलनलाई कसरी हेर्ने ?

शशी पौडेल

वुद्ध धर्मका धर्मगुरु दलाइ लामालाई अमेरिकी एवं पश्चिमेली साम्राज्यवादी शक्तिहरुले तिब्बतको सीमित घेराभित्रको चीन विरोधी राजनीतिमा सक्रिय गराउँदै आए । दलाई लामालाई मात्र तिब्वतको नेता बनाई चीन विरोधी राजनीतिमा सक्रिय गराउनु उनको अपमान थियो ।

Dalai-Lama

दलाइ लामा त अलास्कादेखि दक्षिण अफ्रिकासम्म अनि जापानदेखि अष्ट्रेलियासम्म, समग्र विश्वमा बस्ने मानव जातिका आदर पुरुष हुन् र विश्वमा छरिएर रहेका वुद्ध धर्मावलम्वीहरुका धर्म गुरु हुन् ।

सन् २०१२ देखि बल्ल दलाइ लामाले आफ्नो जिम्मेवारी तिब्बतको मात्र नभई समग्र विश्वको हो भन्ने कुरा बुझेको अनुभूति भएको छ । उनले चीन विरोधी राजनीतिक गतिविधिको जिम्मेवारी आफूले नलिने निर्णय गरेका छन् ।

मार्च महिनाको दोस्रो हप्ताको मध्य अर्थात १० मार्चका दिन तिब्बतबाट अन्य मुलुक गई बसोवास गर्दै आएका तिब्बतीहरुले यस दिनलाई कालो दिन मान्दै आएका छन् ।

सन् १९५९ मा तिब्बतबाट फरार भएका वौद्ध भिक्षु दलाइ लामाको निर्देशनमा हुने यो आन्दोलनलाई कसरी हेरिनु पर्दछ भन्ने कुरा नेपालमा कहिल्यै प्रष्ट हुन सकेको छैन । यद्यपि नेपाल तिब्बतको छिमेकी हो ।

नेपाल, भारतदेखि लिएर संसारका बिभिन्न मुलुकमा मार्च १० का दिन जुलुस प्रदर्शन हुने गरेका छन् । यो आन्दोलन किन हुने गर्छ र यसलाई कसरी हेरिनु पर्छ भन्ने उत्तर खोज्नु आवश्यकत छ ।

सन् १९६० देखि तिब्बती बौद्ध भिक्षुहरुले तिब्बतमा आन्दोलन गरिरहेका छन् । आन्दोलनको स्वरुप र मागहरु चाहिँ धार्मिक दृष्टिकोणले भन्दा राजनीतिक दृष्टिकोणले प्रेरित भएको देखिन्छ । आन्दोलनलाई राजनीतिक नेताहरु, सञ्चारमाध्यमका पण्डितहरु (बिशेष गरी पश्चिमेली) , गायक र पप स्टारहरु एवं हलिउडका कलाकारहरुले हाँ मा हाँ मिलाउने गरेका छन् । त्यति मात्र नभएर बेला बेलामा चीनमा हुने गरेका अन्तरराष्ट्रिय महत्वका कार्यक्रमहरु बहिस्कार गर्ने मागसमेत हुँदै आएका छन् । जस्तै २००८ को अगस्त महिनामा चीनमा भएको ओलम्पिक खेल पनि बहिस्कार गर्नु पर्छ भन्ने तर्क आएको थियो ।

तिब्बत
तिब्बत

यस कारणले पनि  विश्वका मजदुर वर्ग, चीन र तिब्बत सम्वन्धका बारेमा ज्ञान राख्ने विश्व समुदाय र समाजवादी दृष्टिकोण राख्ने बुद्धिजीवी वर्गहरुका लागि चीनको तिब्बत क्षेत्रमा हरेक बर्ष हुने सो आन्दोलनले के महत्व राख्छ र आन्दोलनलाई कसरी हेरिनु पर्छ त ? प्रश्न गम्भीर छ ।

तिब्बत-चीनको प्रश्नमा पश्चिमेली सञ्चार माध्यमले मात्रै हैन, आफूलाई राजनीतिका पण्डित भन्नेहरुले पनि एकतर्फी व्याख्या गरिरहेका छन् । उनीहरु भन्छन् ‘कम्युनिष्ट चीनले स्वतन्त्र तिब्बतमाथि आक्रमण गर्‍यो र आफ्नो कब्जामा लियो । त्यसैले दलाइ लामा विदेशिनुपर्‍यो । जसले गर्दा तिब्बतको धर्म एवं संस्कृतिसमेत बाँचिरहन सकेन ।’

अब हेरौं, उक्त भनाइमा कति सत्यता छ । अथवा यो एक दन्त्य कथा मात्र हो । चीनको केन्द्रीय सरकारले १९४९ मा बेइजिङमा तिब्बतसँग दुई पक्षीय दुतावासीय सम्झौता गरेको थियो । उक्त सम्झौतामा भनिएको छ, ‘ऐतिहासिक तथ्यका अनुसार तिब्बत चीनको एउटा भाग मात्र हो ।’

जब जब तिब्बतमा तनाव शुरु हुन्छ, तब साम्राज्यवादी शक्तिहरु चीनका विरुद्ध विषवमन गर्न थाल्छन् र ऐतिहासिक यर्थाथता, चीन र तिब्बतका दुबै सामन्तवादी सामाजिक इतिहासलाई भुल्न थाल्छन् ।

चीनले १९४९ भन्दा पहिलो भएका तिब्बत-चीनवीचका सम्झौताहरु अघि सार्न चाहन्न । किनभने ती सम्झौताहरु अन्यायपूर्ण थिए । यदि हामीले तिब्बतको इतिहासलाई बुझ्ने प्रयास गर्छौं भने तिब्बत र चीनको बीसौं शताब्दीभन्दा अगाडिको इतिहास पल्टाउनुपर्छ । अनि मात्र वर्तमान तिब्बत-चीन तनावलाई बुझ्न मद्दत पुग्नेछ ।

शशी पाैडेल
शशी पाैडेल

तिब्बत लगभग  १३ सय बर्षसम्म चार राज्यका रुपमा सामन्ती राजा मंगोल र मञ्चुहरुवीच बाँडिएको थियो । त्यतिखेर थुप्रै विखण्डनहरु भए र पछि फेरि मिल्दै गए । लगभग छैठौंदेखि नवौं शताब्दीसम्म तिब्बतले यति ठूलो साम्राज्य बढायो कि चीनको तत्कालीन राजधानी छियाङ्गसम्म कब्जा गर्न पुग्यो । त्यतिबेलै चीनमा तिब्बतीयन राजा मार्फत बुद्ध धर्म भित्रभित्रै दशौं बर्षसम्म तनाव रहिरहृयो र तिब्बतमा प्रथम लिपी संस्कृत लिपी ल्याइयो । त्यसपछि तिब्बत र चीनवीच ‘काका भतिजा’ जस्तै दुई पक्षीय सम्झौता भयो ।

नवौं शताब्दीको मध्यदेखि तेह्रौं शताब्दीको मध्यसम्म तिब्बत टुक्रा-टुक्रा भयो । दर्जनौं राजा रजौटाहरु भए, दर्जनौं क्षेत्रमा बाँडिए । त्यतिखेर तिब्बतमा बुद्ध धर्म पनि विभिन्न समूहमा विभाजन थिए । तर, एउटा पक्षले चाँही नेतृत्व गर्दै आयो, जसलाई राज्यले यो हाम्रो धर्म हो भनी घोषणा गर्‍यो र त्यसैलाई मुख्य धार्मिक शक्तिको रुपमा मानियो ।

तेह्रौं शताब्दीको मध्यतिर मंगोलहरु चीनमा शक्तिमा आए र तुरुन्तै आफ्नो पहुँच तिब्बतसम्म पुर्‍याए ।
तिब्बतको त्यतिखेरको इतिहास असाध्यै तनावपूर्ण थियो । किनभने त्यतिखेर तिब्बती राजा-रजौटाहरुको शक्ति र अल्पमतमा परेका अन्य धार्मिक समूहवीच मंगोलहरुका कारणले ठूलो संघर्ष भएको थियो ।

मंगोलहरु तिब्बतका बुद्धधर्मावलम्वी शाक्य मुनीहरुसँग सम्झौता गर्न पुगे । जसले गर्दा मंगोल-शाक्य मुनी बुद्ध धर्मको समूह एक ठूलो र बलियो धार्मिक समूह बन्यो । जब त्यो बुद्धधर्मालम्वीहरुको समूह बलियो बन्यो, तब बुद्धधर्म र युरोपियन चर्चहरुसँगको तनाव झन चर्किएर गयो ।

मंगोलियनहरुले तिब्बती बुद्धधर्मलाई मात्र स्वीकार गरेनन् कि संस्कृति, चालचलन, चाडपर्व र राजनीति समेतलाई आत्मसात गरे ।

पन्ध्रौं शताब्दीताका चीनियाँ मंगोल र तिब्बती शाक्यमुनीहरुको शक्तिशाली झुण्डबाट एउटा समूह टुक्रियो । उक्त टुक्रिएको समूह गोलुक्याको नामबाट परिचित भयो । त्यतिबेला तिब्बतमा उक्त समूह गोलुक्यालाई ‘पहिलो टोपी’ बुद्धिष्ट भनिने गरिन्थ्यो । सो  समूहले हामी सही तिब्बती बुद्धिष्ट हौं भन्दै बुद्ध धर्मको धार्मिक ग्रन्थलाई मान्न थाले । यसरी गोलुक्याहरु मंगोलवीच हावी हुँदै गए ।

दलाई लामा गोलुक्याहरुका धार्मिक गुरु हैनन् । तिब्बती गोलुक्याहरुको धार्मिक गुरु त ग्रान्डेन डिपा हुन्

गोलुक्याका मुख्य धर्म गुरु सोनाम गियात्सो १५७८ मा धार्मिक उपदेश दिनका निम्ति मंगोलिया पुगे । उनको धार्मिक उपदेशवाट प्रसन्न भई मंगोलका नेता आल्टान खानले सोनाम गियात्सोलाई ‘दलाई लामा बज्रधारा’ नामक उपाधी दिए । ‘दलाई’ भनेको तिब्बती भाषामा समृद्ध भनिएको हो । उनी धार्मिक शिक्षा र ज्ञानका समृद्ध हुन् । ‘लामा’ को अर्थ तिब्बतीयन भाषाका ‘पण्डित’ हुन् र बज्रधारा भनेको संस्कृतमा ‘बिजुली’ अर्थात ‘बज्र’ भनिएको हो ।

दलाइ लामाहरुको अगामन र गोलुक्या धर्म समृद्ध र मंगोल साम्राज्यलाई नजिकबाट चिहाउँदा चौथा दलाइ लामा गोलुक्या समूहका नभएर मंगोल साम्राज्यका थिए । उनको नाम ‘योन्तेन ज्यात्से’ थियो र अनि आल्टान खानका परिवार मध्येका एकजना थिए । यसरी हेर्दा दलाई लामाको जिम्मेवारी तिब्बतका धर्मगुरु बनेर तिब्बतमा मात्र हैन, खास गरी उनी मंगोल साम्राज्यबाट नियुक्त भएका हुन् र उनलाई मंगोल साम्राज्यभित्रको धार्मिक गुरुको रुपमा नियुक्त गरिएको हो ।

गोलुक्या नेतृत्वको जिम्मेवारी समग्र तिब्बतमा छैन किनभने तिब्बतकै केही भागमा गोलुक्याहरुलाई मंगोलहरुको मध्यस्थता भएकाले सोह्रौं शताब्दीको मध्यतिर राता टोपीवाला भनेर भनिने गरिन्थ्यो । अझ गहिरिएर इतिहास पल्टाउने हो भने दलाई लामा गोलुक्याहरुका धार्मिक गुरु हैनन् । तिब्बती गोलुक्याहरुको धार्मिक गुरु त ग्रान्डेन डिपा हुन् । यद्यपि ग्रान्डेन डिपा दलाइ लामाबाट नियुक्त हुन्छन् ।

तिब्बतको सामान्तवादी सत्ता भौगोलिक कारणले एक्लै परिरहेको थियो र बाहिरी शक्तिले छेंडपेच गर्ने भौगोलिक क्षेत्रको रुपमा रहँदै आएको थियो

अहिलेसम्म चौधवटा दलाइ लामाहरु मध्ये खास गरी तीनवटाले मात्र शासन चलाउन सके । केही दलाइ लामाहरुको त १८ बर्षको उमेर पनि हुन पाएन ।

सत्रौं शताब्दीदेखि बीसौं शताब्दीसम्म तिब्बत ठूलो राजनीतिक षडयन्त्र, हत्या र आंतकको तनाववाट गुगि्ररहेको थियो । एक दलाईलामाको मृत्यू दश बर्ष सम्म लुकाएर राखे । नत मृत्यू घोषणा गरे, नत नयाँ दलाई लामा नियुक्त गरे, किनभने त्यतिखेर भिक्षुहरु सुरक्षित थिएनन् । यहाँसम्म कि अविवाहित महिला भिक्षुहरु पनि असुरक्षित थिए ।

तिब्बतले निरन्तररुपमा आफ्नो सुरक्षाको खोजी गर्दै आयो । कहिले मंगोल साम्राज्यवाद त कहिले चीनका मञ्चुहरुबाट । मंगोलियन साम्राज्यले तिब्बतबाट  चासो घटाउँदै लग्यो र त्यसको ठाउँ चीनमा मञ्चुहरुले लिए ।

सन् १७२० मा तिब्बतमा चिनियाँ सैनिकहरुले पहिलोपटक तिब्बतमा शान्ति स्थापना गरे । त्यसपछि फेरि लडाइँ भयो । १७५० मा पुनः चिनियाँहरुले तिब्बतमा शान्ति स्थापना गर्नुपर्‍यो । नेपालका स्वर्गीय राजा पृथ्वीनारायण शाहको पालामा १७७१ मा तिब्बतमा शान्ति स्थापना गर्न सिचुवाको खासा क्षेत्रमा भएको युद्धको कारण नेपालबाट गोर्खालीहरु प्रवेश गर्नुपर्‍यो ।

उपरोक्त ऐतिहासिक प्रमाणका कारण नवौं शताब्दीदेखि बिसौं शताब्दीसम्म तिब्बतको कसैसंग न त आधिकारिक एकता थियो । न त तिब्बत स्वतन्त्र नै थियो । तिब्बतको सामान्तवादी सत्ता भौगोलिक कारणले एक्लै परिरहेको थियो र बाहिरी शक्तिले छेंडपेच गर्ने भौगोलिक क्षेत्रको रुपमा रहँदै आएको थियो ।

कुनै पनि बाहिरी शक्ति तिब्बतप्रति चासो दिन्थेनन् किनभने त्यहाँ न त तेलको खानी छ न त सुन वा चाँदीका खानीहरु तर बीसौं शताब्दीवाट जब प्रजातान्त्रिक तवरबाट त्यहाँको एकलपनको अन्त भयो र विश्वको अगाडि ‘तिब्बत’ भनेर परिचित गराउन चिनियाँ राज्यले अर्थशक्ति र जनशक्तिको लागनी गर्‍यो, तबदेखि अमेरिकी साम्राज्यवादी शक्ति अझ खास गरी सीआइएले दलाई लामालाई बाषिर्क १ लाख ४६ हजार अमेरिकी डलर तलब दिएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न चीनको विरोधमा लगाउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment