Comments Add Comment

बलात्कारीलाई कस्तो सजायँ गर्दा ठीक होला ?

समाजमा बलात्कारका घटना दिनहुँ बढिरहेका छन् । बारामा बलात्कृत बालिकाको निधन भएपछि पीडितको पक्षमा राजधानी लगायतका विभिन्न ठाउँमा अधिकारकर्मीहरुले आवाज उठाइरहेका छन् । नेपालमा मात्रै होइन, भारतमा समेत बलात्कारका घटना बढेका छन् ।

Against-Women-Voilenceएकातिर बलात्कारजन्य महिला हिंसाका घटना बढेका छन् भने अर्कातिर नेपाल सरकारले बलात्कारीको सजायँ घटाउने गरी कानुन बनाउन लागेको चर्चा छ ।

नेपालको संविधानमा मृत्युदण्डको प्रावधान नरहे पनि बलात्कारीलाई मृत्युदण्डको सजायँ दिइनुपर्ने आवाज उठिरहेको छ ।

तपाईको विचारमा बलात्कारीलाई कस्तो प्रकारको सजायँ दिँदा उचित होला ?

१. बलात्कारीलाई मृत्युदण्ड दिने संवैधानिक एवं कानूनी व्यवस्था हुनुपर्छ ।
२. बलात्कारीलाई कडा जेल सजायँका साथै उसलाई नपुंशक बनाइदिनुपर्छ ।
३. बलात्कारीलाई कडा जेल सजायँ गर्नुका साथै पीडित महिलालाई बलात्कारीको अचल सम्पत्तिबाट आधा अंशसमेत भराउनेखालको कानून बनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment