Comments Add Comment

सांगाकाराको कीर्तिमानी शतकसँगै श्रीलंकाको सहज जित

CRICKET-WC-2015-SCO-SRI

विश्वकप क्रिकेटमा श्रीलंकाले एशोसिएट नेशन स्कटल्याण्डमाथि १४८ रनको फराकिलो जित हात पारेको छ ।

जितसँगै श्रीलंका ८ अंकका साथ समूह ए को दोस्रो स्थानमा उक्लिएको छ । न्यूजिल्याण्ड १० अंकका साथ शीर्ष स्थानमा छ भने अष्ट्रेलिया र बंगलादेशको समान ७/७ अंक छ ।

स्कटल्याण्डले सबै खेल गुमाएको छ र अन्तिम खेलमा बलियो टोली अष्ट्रेलियाको सामना गर्नेछ ।

श्रीलंकाले प्रस्तुत गरेको ३६४ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.१ ओभरमा २१५ रनमा अलआउट भयो । उसको सुरुवात खराव रहृयो । शून्यमा नै पहिलो विकेट गुमाएको स्कटल्याण्डले ४४ रन जोड्दा सुरुवाति तीन विकेट गुमाएको थियो ।

तर, पे्रस्टन मोमसेन र फ्रेडी कोलम्यानले चौथो विकेटका लागि ११८ रनको साझेदारी गरे । मोमसेन ६० रनमा आउट भएपछि कोलम्यानले रिची बेरिङटनसँग २७ रनको साझेदारी गरे ।

त्यसपछि थप २६ रन जोड्दा पाँच विकेट गुमायो । स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका नुवान कुलासेकरा र दुष्मत चमेराले ३-३ विकेट लिए भने लासिथ मालिंगाले २ विकेट लिए ।

सांगाकाराको कीर्तिमानी शतक

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर ३६३ रन बनाएको थियो ।

उसले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । लाहिरु थिसरापरेरा ४ रनमा आउट हुँदा उसको स्कोर २१ थियो । तर, तिलकरत्ने दिल्शान र कुमार सांगाकाराले पारी सम्हाले ।

दिल्शान र सांगाकाराले दोस्रो विकेटकालागि १९५ रनको साझेदारी गरे । दिल्लान १०४ रनमा आउट भए । लगातार चौथो शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका सांगाकारा १२४ रनमा आउट भए ।

श्रीलंकाका कप्तान एन्जलो म्याथुले ५१ रन जोडे भने कुसल परेराले २४ रन जोडे । स्कटल्याण्डका जोस डेभीले ३ तथा इभन र बेरिङटनले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment