Comments Add Comment

गजल-एकान्त रातमा किन बात मार्‍यौं

निर्जन शान्त एकान्तमा तिमी किन बात मार्यौ ?
शान्ति थियो जीवनमा फर्कि फर्कि लात मार्यौ ।।

बाठी रैछौ झुक्याउन, गलो दिई भलो माग्ने ।
कान्ति थियो यौवनमा झुल्की झुल्की रात मार्यौ ।।

दरिद्रता ब्याप्त थियो भोक, प्यास, अत्यास !
अनाचारी तिमी बनि सबका मुखको भात मार्यौ ।।

पोख्त रैछौ जीवनको खेलमा, छक्का-पञ्जा सबै जान्ने ।
गर्ल्यामगुर्लुम गोटी चाल्यौ पाँच हारी सात मार्यौ ।।

छाडी हिड्यौ दोबाटोमै, साथ अब कस्को खोजुँ ?
हुन्न तृप्त ‘अतृप्त’ यो, हाँगा ठाडै पात मार्यौ ।।

राजु पौडेल

Raju-poudel-IME

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment