Comments Add Comment

पद्मोदय सम्मान डा शशांक कोइरालालाई

यस वर्षको पद्मोदय माध्यमिक विद्यालय रामशाहपथले दिने पुरस्कार नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालालाई प्रदान गरिएको छ ।

पद्मोदय पूर्वविद्यार्थी सङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश केदारनाथ गिरीले कोइरालालार्इ पुरस्कार प्रदान गरेका छन् । ऐतिहासिक महत्व बोकेको पद्मोदयमा पढ्ने विद्यार्थीले विकास र राजनीतिमा ठूलो योगदान पुर्याएको गिरीले बताए ।

पुरस्कार ग्रहण गर्दै कांग्रेसका नेता डा. कोइरालाले शिक्षा सामाजिक जागरणको प्रतीक रहेको बताए ।

 कार्यक्रममा पद्मोदय मावि अध्ययनअध्यापन गरेका र  प्रशासनिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिएको थियो ।

अच्युतमणि आचार्य प्रज्ञा पुरस्कार सुदीप घिमिरे, रामलाल श्रेष्ठ प्रज्ञा पुरस्कार कृष्मा तिमल्सिना,रुक्मिणी प्रज्ञा पुरस्कार सुकदेवी लामा, पूर्णानन्द प्रज्ञा पुरस्कार केदारप्रसाद उप्रेती र भुवननाम प्रज्ञा पुरस्कार सुदीप घिमिरेलाई प्रदान गरिएको थियो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment