Comments Add Comment

झरना बज्रचार्यले गरिन् बिहे(फोटो फिचरसहित)

gharana-and-rahul
मोडल तथा नायिका झरना बज्रचार्य बिबाह बन्धनमा बाधिएकी छिन् । उनले आफ्ना प्रेमी राहुल अग्रवालसँग बिहे गरेकी हुन् । बिहिबार उनले बिहे गरेको खुल्न आएको छ । विगत ३ बर्षदेखि प्रेममा रहेका राहुल र झरनाले सितापाइलामा बिहे गरेका हुन् ।jharana-bajracharya-bihe-1

बिहेमा झरना र राहुलका नजिकका आफन्त मात्र सहभागी थिए । जसका कारण पनि बिहेको खबर केही दिनमा मात्र बाहिर आएको छ । बिहे पश्चात उनीहरु काठमाण्डौको सोल्टी होटलमा पार्टीका लागि पुगेका थिए । चलचित्र ‘सेफ ल्याण्डिङ’का सह-निर्माता समेत राहुल मलेसियामा व्यवसाय गर्दै आएका छन् । उनी मलेसियाका धनाढ्यमा पनि पर्छन् ।

(यो पनि पढ्नुहोस्)

राहुलसँग प्रेममा परेपछि नायिका बज्रचार्य मलेसिया जाने आउने समेत गर्थिन् । झरना र राहुल केही महिना अगाडि अष्ट्रेलियामा भएको चलचित्र ‘सेफ ल्याण्डिङ’को प्रिमियरमा एकसाथ देखिएका थिए । झरनाले आफू प्रेममा रहेको खुलासा पनि सोही समयमा गरेकी थिइन् । झरना र राहुललाई वधाई ।
jharana-bihe

तस्बिर : लेक्स लिम्बु डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment