Comments Add Comment

सहकारीका चार हजार सदस्यलाई वित्तीय साक्षरता तालिम प्रदान

FLT-participated-at-Pathibhara-VDC

४ चैत, संखुवासभा । नेपालका दुर्गम तथा विकट पहाडी हिमाली क्षेत्रको दिगो विकासका लागि काम गर्दै आएको मर्सिकोर नेपालले संखुवासभा सञ्चालित सहकारीसदस्यलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ ।

सहकारी संस्थाहरुमा आवद्ध रहेका चार हजार एक सय ९० जनालाई वित्तीय तालिम प्रदान गरिएको थियो । जसका लागि एक सय ६९ वटा वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको मर्सिकोर नेपालका परियोजना अधिकृत थरेन्द्र नेपालले जानकारी दिए ।

मर्सिकोरले संखुवासभामा सञ्चालन गरेको सफल परियोजनाले स्थानीय संस्थाहरुको सुदृढिकरणको माध्यमबाट गरिबी न्यूनिकरणको लक्ष्य राखेको छ । सोही कार्यक्रम अन्तर्गत १९ सहकारी संस्थाको संस्थागत क्षमता अभिबृद्धि गर्दै जिल्लाका दुर्गम गाविसहरुमा वित्तीय सेवामा पहुँच अभिवृद्धि गरेको छ ।

सहकारी संस्थाहरुमा आठ हजार नौ सय ९९ जना सदस्य आबद्ध छन् । जसमध्ये छ हजार ११ जना महिला र दुई हजार नौ सय ८८ जना पुरुष रहेका छन् ।

सहकारी संस्थाहरुमा ४ बर्षको अवधिमा तीन करोड ८६ लाख ३९ हजार बचत संकलन भएको छ । त्यस्तै ३७ लाख ६६ हजार शेयर पूँजि उठेको छ । उक्त रकममध्ये चार करोड ३७ लाख २७ हजार रुपैयाँ विभिन्न आयमूलक क्षेत्रमा लगानी भएको र ग्रामीण स्तरको जिविकोपार्जनमा सहयोग पुगिरहेको नेपालले बताए ।

वित्तीय साक्षरता तालिमले बचत योजना, जोखिम न्यूनीकरण, सुरक्षित बैदेशिक रोजगार , व्यवसायिक योजना र पारिवारिक बजेट लगायतका बिषय जानकारी प्रदान गर्नेछ । यसबाट ग्रामिण भेगका महिला तथा पुरुषहरु सहकारी संस्थामा आकषिर्त हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment