Comments Add Comment

खानपानमा ध्यान दिनुपर्ने केही कुराहरु

drinkअहिलेको व्यस्त जिवनशैलीलाई हेर्दा स्वस्थ तथा तन्दुरुस्त रहनु निकै कठीन तर अत्यावश्यक काम बनेको छ । यसको लागि सन्तुलित भोजन सबैभन्दा महत्वपूर्ण तथा पहिलो नम्बरको काम हो । तर मानिसहरुमा दैनिक खानपान र आहार विहारका सम्बन्धमा विभिन्न समस्या छन् । धेरै मानिसलाई थाहा हुँदैन की आफुले कस्तो चिज खाइरहेको छु, त्यो स्वास्थ्यका लागि ठीक छ की छैन, त्यसमा भएको पौष्टिक तत्व जिउलाई पर्याप्त छ की छैन ? खानपान सम्बन्धि केही जान्नैपर्ने तथ्यहरु यसप्रकार छन्-

रातमा अबेर भोजन गर्दा वजन बढ्नसक्छ- शरीरमा जैविक घडी हुन्छ जसले कुन समयमा खाना खाने, कुन समयमा आराम गर्ने, कुन समयमा काम गर्ने जस्ता कुराहरु निर्धारण गरेको हुन्छ । बेलुकीको खाना रातमा अबेर खाने गर्नाले त्यो जैविक घडी बिथोलिन पुग्छ । यसले सरीरमा क्यालोरीको दोहन राम्रोसँग हुन सक्दैन । दिउसोमा कम खाना खाने र भोक लाग्यो भन्दैमा रातको समयमा धेरै खाना खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले सरीरमा बढि क्यालोरी आपूर्ति हुने र मोटोपना लगायतको समस्या पैदा गर्छ ।

अण्डाको पहेँलो भागको धेरै सेवन गर्नु पनि स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यसले सरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । यद्यपि हप्तामा ४ वटा सम्म अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक र आवश्यक समेत हुन्छ ।

स्वस्थ र पोषिलो खाना खाँदैमा जिउ स्वस्थ र फिट हुन्छ भन्ने छैन । हामीले जिउलाई स्वस्थ बनाउन सन्तुलित भोजन गर्नु आवश्यक हुन्छ । सरीरका लागि क्यालोरी आवश्यकता कति हो ? कुन पौष्टिक तत्व दैनिक कति आवश्यक पर्ने हो ? भन्ने जानकारी लिएर सोही पोषण आवश्यकता पूर्ति हुनेगरी सन्तुलित भोजन गर्नु आवश्यक छ । खानामा सबै प्रकारका पौष्टिक तत्व सम्मिलित खानेकुराहरु समावेश गर्नुपर्छ । पोषिलो खाना बढि खानु जिउका लागि हानिकारक हुन्छ । भोक लाग्यो भन्दैमा धेरै खानेकुरा खानु हुँदैन । मोटोपना कम गर्न तथा सरीरलाई तन्दुरुस्त राख्नका लागि बढि भोक घटाउनु आवश्यक हुन्छ । यसका लागि भोक लागेको बेला तातो पानी वा गि्रन टी खाएर भोक कम गर्न सकिन्छ ।

विज्ञहरुका अनुसार वजन कम गर्नका लागि सबैभन्दा राम्रो तरिका भोजनमा सही सन्तुलन कायम गर्नु नै हो । त्यसमा कार्बोहाइड्रेट, फलफूल, सागसब्जी, दाल, अंकुरित अनाज, दुध तथा सलाद लगायत समावेश गर्नुपर्छ । बढि क्यालोरीयुक्त खानेकुरा कम सेवन गर्नुपर्छ । सफ्ट डि्रंक्स, गुलियो खानेकुरा, जुस, चिप्स, बिस्कुट तथा कुकिज जस्ता कुरा कम खानुहोस् । यी पदार्थमा ब्याड क्वालिटी कार्बोहाइड्रेट हुन्छ ।

दिनमा ८ देखि १० गिलास सम्म पानी पिउनु स्वास्थ्यका लागि आवश्यक हुन्छ । आवश्यकता भन्दा बढि पानी पिउनु भने स्वास्थ्यका लागि हानिकारक हुने विभिन्न अध्ययनले देखाएका छन् । पानीले सरीरका विषाक्त पदार्थको उत्सर्जनका साथै सरीरको उपापचयन प्रक्रियालाई सही राख्न मद्दत गर्दछ । पानीले पाचन प्रणाली तथा सरीरको तापक्रम समेत सन्तुलित गराउन सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment