Comments Add Comment

पर्दामा जमेका नेपाली जोडीहरु

फाइल फोटो

बलिउडमा अहिले पनि शाहरुख खान र काजोलको जोडीलाई अविश्मरणीय मानिन्छ । उनीहरुले जोडी बनेर अभिनय गरेका केही चलचित्रले उल्लेख्य ब्यापार मात्रै गरेनन्, दर्शकको दीलमा बर्षौंबर्षसम्म बस्न सफल भए ।

नेपालमा अहिलेसम्म त्यस्ता कुनै कलाकार जोडी छैनन्, जसले रिल लाईफमा जोडी भएकै कारण दर्शकलाई मोहित हलसम्म तान्न सकुन ।

कुनैबेला राजेश र करिश्मा मानन्धरको जोडीलाई अनस्त्रिmन जोडी मानिए पनि करिश्माले अभिनयबाट ब्रेक लिएसँगै त्यसले निरन्तरता पाउन सकेन् । छोटो समय चल्ने र हराउने नेपाली लिड आर्टिस्टका कारण पनि धेरै जोडीले दर्शकमा गहिरो छाप छोड्न सकेका छैनन् ।

आज हामी यस्ता केही जोडीको चर्चा गर्दैछौं, जसको अनस्क्रिन जम्न कोसिस गरे ।

आर्यान-नम्रता: ‘मेरो एउटा साथी छ’ मा पहिलोपटक जोडी बनेका थिए आर्यान सिग्देल र नम्रता श्रेष्ठ । प्रेमकथामा आधारित फिल्मको प्रस्तुति संगै कलाकारको छनौटमा पनि निर्देशकले ध्यान दिएको छनक मिल्थ्यो ।

अर्को फिल्म ‘कसले चोर्‍यो मेरो मन’ मा अर्यानको जोडी बनेकी थिईन् रेखा थापा । उक्त फिल्म ब्यबसायिक रुपमा सफल भएको थियो भने रेखा र आर्यानको जोडीलाई पनि राम्रै मानेका थिए दर्शकले ।

रेखा र आर्यान विच मन मुटाव भएपछि निर्देशकले नै उनीहरुलाई जोडीका रुपमा प्रस्तुत गर्न चाहेनन् । आर्यान र नम्रताको जोडीले भने अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ ।

जीवन लुईंटेल-रेखा थापा: पर्दामा राजेश हमालदेखि सुदर्शन गौतमसम्मको जोडी बनेकी छिन् रेखा थापा । धेरै हिरोहरुको जोडी बनेकी रेखालाई जीवन लुईटेलको जोडी बनेको निकै सुहाएको दर्शकले प्रतिक्रिया दिएका थिए ।

अन्दाज, जाउँ हिड पोखरा लगायतका केही फिल्ममा उनी जीवनकै प्रेमीकाको रुपमा देखिएकी छिन् । अन्दाजलाई दर्शकले रामै्र मन पराएका थिए ।

rajesh-karisma

राजेश-करिश्मा : रिल लाईफमा सबै भन्दा धेरै हिरोईनलाई जोडी बनाउने कलाकारका रुपमा चिनिन्छन् राजेश हमाल । पुनानी नायिका कृष्टि मैनालीदेखि पछिल्लो समयकै केकी अधिकारी सम्मको जोडी बनेका राजेशलाई करिश्माको जोडी एकताका निकै हिट पनि थियो ।

ढुकढुकी, यो मायाको सागर लगायत दर्जनौ चलचित्रमा उनीहरु जोडी बनेका छन् । तर, करिश्माले अभिनयमा ब्रेक लिएसँगै राजेश-करिश्मा अनस्त्रिmन जोडी टुट्यो ।

नीता-जीवन : छ एकान छ मा ५ जना नायकको जोडी बनेर अभिनय गरेकी थिईन् नीता ढुंगानाले । फिल्मले राम्रै चर्चा पाएपनि उनको जोडीले खासै चर्चा पाएन बरु ‘नोटबुक’ जोडी बनेका जीवनले राम्रै प्रसंसा पाए ।

शायद उनीहरुको त्यही लोकपि्रयतालाई देखेर होला निर्देशक योगेश घिमिरेले अर्को फिल्म भुलभुलैयामा पनि जीवन र नीतालाई नै जोडी बनाएर प्रस्तुत गरेका छन् ।

दीलिप-नन्दिता : दीलिप रायमाझी र नन्दिता केसीले अभिनय गरेको पछिल्लो फिल्म ‘लोग्ने मान्छे’ सफल भएन । यद्यपि उनीहरुको जोडी निकै सुहाएको दशर्कले प्रतिक्रिया दिए ।

नाचमा सिपालु यी नायक नायिकाको जोडी सुहाउँदो देखिनुमा उनीहरुको समान उचाइले पनि काम गरेको छ ।

पछिल्लो समय चर्चामा आएका पि्रयंका कार्कीले विभिन्न चलचित्रमा काम गर्ने सिलसिलामा दयाहाङ राई, सौगात मल्ल, रेश मरहट्ठा धेरैसंग अभिनय गरेकी छिन् । दयाहाङसँग जोडी निकै जम्ने गरेको स्वयं पि्रयंका बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment