Comments Add Comment

बेञ्जामिनको विजयले अरबमा पार्न सक्ने प्रभाव

शशि पौडेल
इजरायली नेता बेन्जामिन नेतान्याहुले चौथोपटक पनि प्रधानमन्त्री हुने सौभाग्य प्राप्त गरेका छन् । यहुदीहरुको कन्जरभेटिम खेमाका नेतान्याहु प्यालेष्टाइनहरुसँग बदला लिने भावनाबाट प्रेरित छन् । उनको विजयले अब केही समय ‘अरब विश्व’ अशान्त बन्ने अनुमान लगाउन सकिन्छ ।

इजरायली सेनामा काम गर्दा उनी प्यालेष्टाइनबाट पटक-पटक घाइते भएपछि उनले राजनीति गर्ने कसम खाएर सेनाबाट अवकाश लिएका थिए ।

बेन्जामिन नेतान्याहु
बेन्जामिन नेतान्याहु

इजरायलको जन्म

भूगोलको विभिन्न कुनामा छरिएर रहेका यहुदीहरुको आफ्नो मुलुकका रुपमा सन् १९४७ मा संयुक्त राष्ट्र संघले इजरायल राज्यको स्थापना गरेपछि उनीहरु बढी संगठित भएका हुन् ।

तर, त्यसअघि दोस्रो विश्वयुद्धमा सर्वनाश गर्ने कदमले उनीहरुलाई विश्व राजनीतिमा बढी आकषिर्त गरियो । यसैबीच अमेरिका, जर्मनी र फ्रान्स यहुदीहरुको संरक्षणमा लागेपछि यहुदीहरुले विश्व अर्थतन्त्रमा कब्जा जमाउन सफल भए । त्यतिमात्र नभई अमेरिका र जर्मनीले ‘अरब विश्व’लाई हतियार दिए  भने ‘अरब विश्व’बाट इजरायलको सुरक्षाका निम्ति भनी त्यसको पाँच प्रतिशत हतियार इजरायललाई चन्दा स्वरुप दिनुपर्ने व्यवस्था गराए ।

यसरी इजरायललाई सित्तैमा आवश्यकता पर्नेभन्दा बढी हातहतियार प्राप्त हुन थाल्यो । नेतान्याहु अमेरिकी र जर्मनीको यो प्रतिबद्धता सँधैभरि लागू गराएर प्यालेस्टाइन राज्यको अन्त गर्ने उद्देश्यमा तल्लीन छन् । यस अर्थमा नेतान्याहुको यसपालिको जीत भनेको अरु एक दशकसम्म इजरायल-प्यालिस्टाइन क्षेत्रमा अशान्ति रहिरहने संकेत हो ।

पश्चिमी देशको सम्बन्ध

६६ वर्षीय बेन्जामिन नेतान्याहुले आफ्नो तेस्रो कार्यकालमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र फ्रान्सका राष्ट्रपति फ्राँन्स्वा ओलाण्डसँगको सम्बन्ध अमिलो बनाएका थिए । यही कारण चौथो कार्यकालको निर्वाचनमा सायद उनी असफल हुन सक्ने अनुमान पश्चिमा मुलुकहरुले गरेका थिए ।

SHASHI-PAUDEL
शशि पौडेल

त्यसो त अमेरिकी राष्ट्रपतिको चुनावमा समेत अमेरिकावासी यहुदीहरुको भौतिक सहयोगबिना कुनै पनि व्यक्ति विजयी हुन नसक्ने ७० को दशकदेखिकै इतिहास हो ।

सत्तरीको दशकको सुरुमा निर्वाचित अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले इजरायलको अन्धो समर्थन नगरेका कारण उनलाई वाटरगेट काण्ड लागेर दुई वर्षभित्रै राजिनामा दिनुपरेको थियो ।

तर, बाराक ओबामालाई भने त्यो समस्या पर्ने छैन । किनभने अब उनको पदावधि एक वर्ष पनि बाँकी छैन ।

केही महिनाअघि इजरायल र प्यालेष्टाइनबीच बम वर्षा हुँदा विश्व जनसमुदायले मात्र होइन, पश्चिमा मुलुकहरुले पनि इजरायली पक्षको गल्ती भएकोतर्फ औंल्याएका थिए ।

यहाँसम्म कि फ्रान्सले आफ्नो संसदबाट नै प्यालेष्टिनालाई स्वतन्त्र राज्यका रुपमा स्वीकार गर्ने प्रस्तावसमेत पारित गरेको थियो भने अमेरिकी राष्ट्रपति ओबामाले इजरायल प्यालेस्टाइनमा शान्ति कायम गर्न नेतान्याहु बाधक भएको अभिव्यक्ति दिएका थिए ।

त्यस्तै नर्बे र जर्मनीले पनि प्यालेस्टाइनमा बम वर्षा गर्ने काम तुरुन्त बन्द गर्न इजरायलमाथि दबाव दिएका थिए ।

यता नेतान्याहुको चाहना भने प्यालेस्टिना भन्ने क्षेत्र संसारको मानचित्रबाट हटाइहाल्ने भन्ने रहेको छ । त्यस्तै उनका अनुसार पश्चिमा शक्तिहरु इराकसँग नजिक भएका कारण इजरायलमाथि प्यालेस्टाइनसँग सम्झौता गर्न दबाव आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment