Comments Add Comment

अध्ययन भन्छ-चौथो डेटिङमा यौन सम्पर्क, डेटिङ बारेका रोचक खुलासाहरु

date
प्रेम सम्बन्धमा बाँधिने युवा युवतीहरु कतिऔँ पटकको डेटिङ पछि एक अर्कामा समर्पित होलान् वा संसर्गमा जोडिएलान् ? एक अध्ययन अनुसार चौथो पटकको डेटिङ देखि औषत युवा युवतीहरु यौन सम्पर्कमा जोडिने गरेका छन् ।

टाइम आउट डट कमले विश्वका विभिन्न सहरमा गरेको अध्ययन अनुसार औषतमा ३.५३ अर्थात् झण्डै ४ पटकको डेटिङ पछि नयाँ जोडीहरु यौन सम्पर्कमा बाँधिन थाल्छन् ।

अध्ययनका क्रममा ११ हजार जना मानिसहरुलाई सहभागी गराइएको थियो । जसले प्रेम तथा यौनका सम्बन्ध्मा अन्य विभिन्न तथ्यहरु समेत खुलासा गरेको छ, जुन निम्त छन्- डेटिङका लागि विश्वको सबैभन्दा लोकपि्रय तथा उत्तम सहर फ्रान्सको राजधानी पेरिस हो ।

अमेरिकाको न्युयोर्कका युवा युवतीहरु आफ्नो डेटिङ प्रति सबैभन्दा धेरै निरास छन् । ४५ प्रतिशतले आफु अहिले डेटिङमै रहेपछि एक्लो अनुभुति भैरहेको बताउने गरेका छन् । जबकी अस्ट्रेलियावको सिड्नीका युवायुवतीहरु सबैभन्दा एकलकाटे छन् । ४५ प्रतिशतले आफु एक्लो भएकोमा गर्व गर्छन् ।

चीनका युवायुवतीहरुले तेश्रो डेटिङबाट विवाहको कुरा गर्न थाल्छन् भने डेनमार्कको कोपनहेगनका युवतीहरुलाई डेटिङको समय जागिर खाँदाको अन्तरवर्ताको समय जस्तो लाग्छ ।

विश्वमा डेटिङको चाँजोपाँजो मिलाउने सबैभन्दा लोकपि्रय माध्यम अनलाइन डेटिङ साइट बन्ने गरेको छ । तर आफ्नै साथीबाट चिनजान भएका नयाँ पार्टनरसँगको डेटिङ सबैभन्दा आनन्ददायक हुने ६२ प्रतिशतको मत छ ।

अध्ययन अनुसार १० प्रतिशत मानिस आफ्नो हाकिमसँग डेटिङ जाने गरेका छन् । ७ प्रतिशत आफ्नै शिक्षकसँग तथा कसैको विवाहमा गएको बेला चिनजान भएका सँग डेटिङ सुरु गर्ने ४१ प्रतिशत रहेका छन् ।

डेटिङ सकेर छुटि्टने बेलामा जोडीहरुले के गर्छन् होला ? अध्ययन अनुसार ५३ प्रतिशतले चुम्बन गर्छ । २१ प्रतिशतले सामान्य रुपमा गुडबाइ गर्छन् भने २० प्रतिशतले केही अश्लील कार्य गर्छन् ।

अध्ययन अनुसार २८ प्रतिशतको डेटिङ निरासामा टुंगिने गरेको छ । ४० प्रतिशतले दोश्रो डेटिङको लागि समय निर्धारण गर्दै छुटि्टन्छन् भने १५ प्रतिशतको डेटिङ मित्रतामा टुंगिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment