Comments Add Comment

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र स्कटल्याण्डको खेल जेठ अन्तिममा

nepal vs scotland (1)

६ चैत, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको पहिलो खेल स्कटल्याण्डसँग जेठ २७ गते हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार स्कटल्याण्डले हालै मात्र खेलको मिति प्रस्ताव गरेको छ । क्यानका कार्यबाहक महासचिव उत्तम कर्माचार्यका अनुसार जुन १० र १२ (जेठ २७ र २९ गते) खेल हुनेछ । यो खेल स्कटल्याण्डको घरेलु मैदानमा हुनेछ ।

स्कटल्याण्डले जारी विश्वकप खेलेको थियो । तर, उसले सबै खेल गुमाएको छ ।  नेपालले भने विश्व क्रिकेट लिग च्याम्पियनसिपअघि एसीसी प्रिमियर लिग खेल्नेछ ।

स्कटल्याण्डबाट फर्किएपछि विश्वकप छनोट

स्कटल्याण्ड भ्रमणलगतै नेपाल टी-२० विश्वकप छनोटको तयारीमा जुट्नेछ ।  टी-२० विश्वकप छनोट आयरल्याण्ड र स्कटल्याण्डमा जुलाइ १० देखि २६ तारिखसम्म हुनेछ ।

क्यानका कार्यबाहक महासचिव कर्माचार्यका अनुसार विश्वकप छनोट अघि नेपालले १० दिन इंग्ल्याण्डमा अभ्यास गर्नेछ । स्कटल्याण्डबाट फर्किएर एक साताको नेपाल बसाइपछि नेपाली टोली इंग्लयाण्ड जानेछ ।

इंग्ल्याण्ड भ्रमणलाई लक्षित गरेर नेपाल क्रिकेट संघ क्यानले ब्याटिङ र बलिङ कोच नियुक्त गर्ने निर्णय गरेको छ । प्रशिक्षक पुबुदु दशानायकेको सिफारिस अनुसार ब्याटिङ र बलिङ कोच नियुक्त गरिनेछ ।

मार्चमा बंगलादेशको टीम आउने

क्यानको क्यालेण्डर अनुसार आगामी मार्च अन्तिममा बंगलादेशको ए टीम नेपाल आउने छ । मार्च ३० मा खेल गर्ने तयारी छ । क्यानले यसका लागि समेत बजेट छुट्याइसकेको छ ।

१४ करोडको बजेट पारित

क्यानको बोर्ड बैठकले १४ करोड १५ लाखको बाषिर्क बजेट समेत पारित गरेको छ । जसमा ९ करोड २२ लाख आइसीसीको ग्लोबल फण्ड, एसीसीबाट १ करोड ९३ लाख आउनेछ ।

३९ लाख विज्ञापनबाट र ८० लाख सरकारबाट जुटाइनेृ महासचिव कर्माचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment