Comments Add Comment

यस्तो छ मान्छेको मासु खाने अपराधीहरुको डरलाग्दो बयान

armin-meiwes-alexander-pe

दुनियामा कुनै पनि देश छैन जहाँ मान्छेको मासु बेच्न र खान कानूनले छुट दिएको होस् । त्यसैले जस्तोसुकै मांसाहारी मान्छेलाई समेत मान्छेको मासु कस्तो हुन्छ ? भनेर सोध्नुको अर्थ रहँदैन । यद्यपि दुनियामा केही यस्ता मान्छेहरु छन् जसले मान्छेको मासुको स्वाद लिएका छन् । मान्छेको हत्या गरेर मासु खाने अपराधमा कुख्यात मानिएका विश्वका केही अपराधीहरुले आफ्नो अपराध स्विकार्ने बेलामा नरभक्षणका विषयमा के के भने होलान् ? उनीहरुलाई मानिसको मासु खाँदा कस्तो अनुभुति भयो होला ? नरभक्षी मानिसहरुका केही अनुभव यस्ता रहेछन्-

आयरल्याण्डमा मानिसको हत्या गरी मासु खाएको अभियोगमा दोषी ठहर भई फाँसीको सजायँ पाएका अलेक्जेन्डर पियर्स नामका अपराधीले फाँसीमा लटि्कनु अघि भनेका थिए, ‘मानिसको मासु निकै स्वादिलो हुन्छ । यो माछा वा सुँगुरको मासु भन्दा निकै मीठो हुन्छ ।’

जर्मनीका नरभक्षी भनेर चिनिने एर्मिन म्यूज नामका व्यक्तिले एक टेलिभिजन अन्तरवार्तामा भनेका छन्, ‘मैले मानिसको मासुलाई नुन, खुर्सानी, लसुन तथा जाइफल सँग मिलाएर पकाएँ र आलु र हरियो चटनी सँग खाएँ । मान्छेको मासु सुँगुरको मासु जस्तो हुन्छ तर थोरै तिख्खर र रसिलो । निकै राम्रो हुन्छ ।’

आफ्नो लोग्नेको हत्या गरी मासु खाएको अभियोग लागेकी इजिप्टकी एक मोडेल ओमइमा नेल्सनले भनेकी छिन्, ‘इट्स सो स्विट’ अर्थात् यो निकै मीठो हुन्छ ।

भेनेजुयलाका सिरियल किलर अर्थात् श्रृंखलाबद्ध हत्यारा डोरेंगल वर्गाजको अनुभव भयानक लाग्छ । उनी भन्छन्, ‘मै मान्छेको जिउको त्यो भाग मात्र खान्छु जसमा प्रसस्त मांशपेशी हुन्छ, खासगरी जाँघको भाग । मैले मान्छेको जिब्रोबाट स्वादिष्ट परिकार बनाउन सक्छु र मान्छेको आँखाको प्रयोग गरेर स्वस्थ सूप बनाउन गर्दछु ।’

व्यक्तिको हत्या गरी उसको शरीरको केही टुक्रा खाने जापानी हत्यारा इसेइ सागवा भन्छन्, ‘मैले यसलाई यस्तो गरी चपाएँ जसरी हामीले जापानको कुनै सुशी रेष्टुरेन्टमा टूना माछाको स्वाद लिन्छौँ ।’

अनुसन्धानको क्रममा अफ्रिकाको भ्रमणमा रहँदा मानिसको मासु चाखेका एक शोधकर्ता विलियम सीब्रुक भन्छन्, ‘यो यति मीठो थियो की ठूलो बाच्छाको मासु खाइरहेको जस्तो लागिरहेको थियो । तर कताकता गाइको मासुजस्तो पनि लाग्दैनथ्यो । यसको स्वाद यस्तो थियो की मैले आजसम्म त्यो स्वाद अरु कुनै मासुमा पाएको छैन । यो निकै मुलायम थियो ।’

मानिसको मासु खाने एक अमेरिकी नागरिक अल्फ्रेण्ड  प्याकर भन्छन्, ‘मैले अहिलेसम्म खाएको मासु मध्ये मानिसको छाति सबैभन्दा स्वादिष्ट थियो ।’ -एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment