Comments Add Comment

यी हुन् विश्वका सबैभन्दा सुखी र खुसी १० देशहरु

कुनैपनि देशका जनताहरुको सुख र खुसीलाई निर्धारण गर्ने तत्वहरु के के होलान् ? यसका विभिन्नखाले मापदण्ड हुनसक्छन् । आर्थिक विकाश तथा सहयोग संगठन ओइसिडीले विभिन्न तत्वहरुलाई आधार मान्दै धर्तीका सबैभन्दा सुखी तथा खुसी देशहरुको सूचि सार्वजनिक गरेको छ । ओइसिडीले शिक्षा, रोजगारी, जिवनप्रतिको सन्तुष्टि, आय, स्वास्थ्य तथा वातावरण लगायतका सूचकहरुलाई आधार मानेर तयार पारेको राम्रो जिवन सूचकांक अर्थात् बेटर लाइफ इन्डेक्स अनुसार स्विजरल्याण्ड सबैभन्दा खुसी तथा सुखी देशको रुपमा रहेको छन् ।

विश्वका टपटेन सुखी र खुसी देशहरु यस्ता छन्-

स्विजरल्याण्ड
स्विजरल्याण्ड

१. स्विजरल्याण्ड- सानो र सुन्दर देश स्विजरल्याण्ड यो धर्तिका सबैभन्दा खुसी मानिसहरु बस्ने देशको रुपमा दरिएको छ । जिवन सन्तुष्टि मापनमा कुल दश अंकमा स्विजरल्याण्डले ७.८ अंक पाएको छ । जम्मा २.९ प्रतिशत गरिबीको दर रहेको स्विजरल्याण्डका कामकाजी जनताले उच्च तलबभत्ता पाउँछन् भने सरकारले लगाउने कर निकै न्युन छ । अपराधको दर निकै कम छ । ८६ प्रतिशत प्रौढहरुले उच्च शिक्षा लिएका छन् । शिक्षा र स्वास्थ्य सेवा सस्तो छ । स्विस जनताको औषत आयु ८३ वर्ष छ ।

२.नर्वे – जिवन सन्तुष्टि मापनमा ७.७ अंक सहित स्केन्डेनेभियन देश नर्वे विश्वको दोश्रो सबैभन्दा सुखी र खुसी देश बन्न सफल भएको छ । यहाँ बेरोजगारी दर ३.४ प्रतिशत छ भने व्यक्तिगत आय निकै उच्च रहेको छ । नर्वेजियनहरु विश्वका सबैभन्दा सुखी, खुसी, सुरक्षित, स्वस्थ तथा शिक्षित मानिसहरुको सूचिमा अग्रस्थानमा आउँछन् । नर्वे विश्वको सबैभन्दा कम भ्ष्टाचार हुने देश पनि हो । ८२ प्रतिशत नर्वेलीले उच्च शिक्षा लिएका छन् । विद्यालय शिक्षा निकै सस्तो र गुणस्तरीय छ । नर्वेजियनहरुको औषत आयु ८१ वर्ष छ । यहाँ आधारभुत स्वास्थ्य सेवा निशुल्क छ । वातावरण निकै सुन्दर र स्वस्थ छ ।

३. क्यानडा- क्यानाडालीहरु विश्वका खुसी जनताको सूचिमा तेश्रो नम्बरमा पर्छन् । जिवन सन्तुष्टि मापनमा ७.६ अंक पाएको क्यानडाका जनताको आयस्तर उच्च छ । जिवनस्तर निकै उच्च भएका क्यानाडेलीहरु ७० प्रतिशतसँग आफ्नै घर र गाडी छ । अपराधको दर निकै कम छ । भ्रष्टाचार निकै कम हुनुका साथै जनकल्याणमा सरकारको सहयोग उच्च छ । क्यानडाको साक्षरता दर ९९ प्रतिशत छ । प्राकृतिक रुपमा निकै सुन्दर क्यानडाका केही सहर प्रदुषित भएपनि समग्रमा यहाँको प्रकृति र जैविक विविधता उदाहरणीय छ । देशमा ठूलो हिस्सा जंगलको रुपमा रहेको छ ।

४. डेनमार्क- जिवन सन्तुष्टि मापनमा ७.६ अंक सहित डेनमार्क विश्वको चौथो खुसी देशको रुपमा दरिएको छ । डेनिस जनताहरु आपसी विश्वास, सुरक्षा, स्वास्थ्य, शिक्षा र सम्वृद्धिमा निकै अगाडि छन् । यहाँको सामाजिक जिवन निकै सम्वृद्ध छ । डेनमार्कको राजधानी कोपनहेगन विश्वको सबैभन्दा हरित सहर हो र सन् २०२५ सम्ममा कार्वन मुक्त बन्ने लक्ष्य छ । डेनमार्कमा करको दर निकै उच्च भएपनि सरकारले शिक्षा र स्वास्थ्य सेवा निशुल्क गरिदिएको छ भने बेरोजगारलाई सहयोग गर्ने गरेको छ ।

५. अस्ट्रिया- युरोपेली मुलुक अस्टि्रया विश्वका सुखी तथा खुसी देशहरुको सूचिमा कुल ७.५ अंक सहित पाँचौ स्थानमा रहेको छ । अस्टि्रया विश्वको सबैभन्दा सुरक्षित देशको रुपमा रहोको छ, यहाँ अपराधको दर सबैभन्दा कम छ । साथै सबैभन्दा सफा र सुन्दर देशको रुपमा समेत परिचित छ । ८२ प्रतिशत जनता विद्यालय शिक्षाबाट दीक्षित छन् । औषत आयु ८२ वर्ष छ भने आधारभुत स्वास्थ्य निशुल्क छ ।

६. आइसल्याण्ड- जिवन सन्तुष्टि मापनमा ७.५ अंक सहित आइसल्याण्ड विश्वका खुसी देशहरुको सूचिमा छैटौँ स्थानमा रहेको छ । ८० प्रतिशत जनताले आफ्नो रोजगारीबाट मनग्गे पैसा कमाइरहेका छन् । शिक्षा निकै सस्तो छ र देशको साक्षरता दर शत प्रतिशत रहेको छ । आइसल्याण्डमा अपराधको दर नगन्य जस्तै भएकाले यसलार्य पुलिस र जेल नभएकेा देश पनि भनिन्छ । कैदीहरु जेलमा बस्नु पर्दैन अरु सरह काम गर्न र पैसा कमाउन पाउँछन् । औषत आयु ८२ वर्ष छ ।

अस्ट्रेलिया
अस्ट्रेलिया

७. अस्ट्रेलिया- १.५ टि्रलियन अमेरिकी डलर कुल गाहर्स्थ उत्पादन रहेको अस्ट्रेलिया विश्वका ठूला आर्थिक महाशक्ति मध्ये एक हो । आर्थिक रुपमा धनी मात्र होइन यहाँका जनताहरु खुसी र सुखी पनि छन् । जिवन सन्तुष्टि मापनमा अस्ट्रेलियाले ७.४ अंक पाएको छ । १५ देखि ६४ वर्षसम्मका सयमा ७२ अस्ट्रेलियालीहरु जागिरे छन् र प्रतिव्यक्ति आय ३१ हजार १९७ डलर रेको छ । अस्ट्रेलियालीहरुको औषत आयु ८२ वर्ष रहेको छ ।

८. फिनल्याण्ड- जिवन सन्तुष्टि मापनमा ७.४ अंक सहित फिनल्याण्ड आठौँ स्थानमा रहेको छ । शिक्षा प्रणाली, स्वास्थ्य तथा सामाजिक सम्बन्ध अब्बल रहेको फिनल्याण्डका ८३ प्रतिशत मानिसहरु विश्वविद्यालयको शिक्षाबाट दीक्षित छन् । औषत रोजगारी दर ७० प्रतिशत रहेको छ । महिला सहभागिता उच्च छ र सरकारी जागिरमा ४० प्रतिशत महिला रहेका छन् । फिनल्याण्ड विश्वमा आमा र बच्चाका लागि सबैभन्दा सुरक्षित देश हो र यो सबैभन्दा स्वस्थ मानिसहरुको देश पनि हो ।

९. स्विडेन- जिवन सन्तुष्टि मापनमा ७.४ अंकका साथ स्विडेन सुखी देशको सूचिमा नवौँ स्थानमा रहेको छ । स्विडेन विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमध्येमा एक हो । सरकार निकै पारदर्शी छ र सरकारप्रति जनताको उच्च विश्वास छ । जनताको आयस्तर निकै उच्च रहेको छ । राजधानी सहर स्टकहोम युरोपको पहिलो हरित राजधानी हो । औषत आयु ८२ वर्ष छ र कुल गाहर््रस्थ उत्पादनको ९ प्रतिशत रकम सरकारले स्वास्थ्य सेवामा खर्चिने गरेको छ ।

१०. नेदरल्याण्ड- जिवन सन्तुष्टि मापनमा नेदरल्याण्डको ७.४ अंक रहेको छ । डच जनताहरु दुनियाका सबैभन्दा सन्तुष्ट जनतामध्ये एक हुन् । १५ देखि ६४ वर्ष उमेरका सयमा ७५ जना मािनस रोजगार छन् । औषत पारिवारिक कमाई २५ हजार ४९३ डलर रहेको छ । साक्षरता दर ९९ प्रतिशत रहेको छ । सामाजिक सम्बन्ध र सन्जालका मामिलामा डचहरु निकै अगाडि छन् । डच नागरिकहरु निकै सहयोगी मानिसका रुपमा कहलिएका छन् र अरुलाई निकै सहयोग गर्छन् । यहाँका मानिसहरुको औषत आयु ८१ वर्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment