Comments Add Comment

मान्ठा डराएको जुग सार्वजनिक

Mantha-harayako-youg

पत्रकार मोहन मैनालीको नयाँ नियात्रा सङ्ग्रह मान्ठा डराएको जुग सार्वजनिक भएको छ । लेखक बसन्त थापा र राजनीतिशास्त्री तथा राष्ट्रपतिका राजनीतिक सल्लाहकार हरि शर्माले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

मान्ठा डराएको जुग मैनालीले दशवर्षे जनयुद्धको समयमा नेपालीको विभिन्न ठाउँमा गरेका भ्रमणको वर्णन हो । पुस्तकमा लडाईंले मारेका ती मानिसका कुरा छन्, जो आफू र आफ्ना परिवारको ज्यान बचाउन रातोदिन मेहनत गर्थे । यस पुस्तकमा ती जीवित मानिसका कुरा पनि छन्, जो आफन्त वियोगको पीडाले जिउँदै, पटक पटक मारिएका छन् ।

पुस्तकमाथि टिप्पणी गर्दै शर्माले भने-आफूले भन्न चाहेको कुरा सहजताका साथभन्न सजिलो छैन । तर, मोहन मैनालीले आफूले भन्न खोजेका कुरा सहजतका साथ लेखेका छन् । द्वन्द्वको चित्रणगर्दा उनीकुनै राजनीतिक अडान राख्दैनन्, द्वन्द्वलाई हेर्ने उनको दृष्टिकोण हृयुमानिस्ट (मानवीय) छ ।’

पुस्तकबारे बोल्दै लेखक मैनालीले भने, ‘मलाई द्वन्द्वको रिर्पोटिङ गर्न कहिलै मन लागेन, सधैं डर लाग्थ्यो । तर जे गर्नर् मन लाग्दैन त्यहि गर्न पुगिन्छ, म पनि द्वन्द्वको रिर्पोटिङ गर्न पुगें, त्यसैको परिणाम हो यो पुस्तक ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment