Comments Add Comment

धेरै बच्चा पाउनेमा कुन देशका महिला अगाडि ?

women3_1427027279विश्वमा कुन देशका महिलाले बढि बच्चा जन्माउँछन् होला ? अर्थात् विश्वमा कुन देशमा महिलाको प्रजनन दर बढि होला ? अफ्रिकी तथा एसियाली मुलुकका महिलाहरु बच्चा जन्माउने मामिलामा विश्वका अन्य देशका महिला भन्दा अग्रस्थानमा छन् भन्ने कुराको अड्कल काट्न गाह्रो छैन ।

तर तथ्यांकले बच्चा पाउने मामिलामा सुरुका ८ स्थान अफ्रिकी देशहरुले नै कब्जा गरेको देखाएको छ । ठ्याक्कै देशको नाम लिँदा चाहीँ अफ्रिकी मुलुक नाइजर पहिलो स्थानमा रहेको छ ।

तथ्यांक अनुसार नाइजरका महिलालाले औषतमा झण्डै ७ वटा बच्चा जन्माउँछन् । तथ्यांकले नाइजरका महिलाको प्रजननदर ६.८ प्रतिशत रहेको देखाएको छ ।

धेरै बच्चा जन्माउने मामिलामा अर्को अफ्रिकी मुलुक मालीका महिला दोश्रो स्थानमा रहेका छन् । मालीका महिलाले औषतमा ६ बच्चा जन्माउने गरेका छन् । तेश्रोमा बुरुन्डी, चौथोमा सोमालिया, पाँचौमा युगान्डा, छैटोँमा बुर्किना फासो, सातौँमा जाम्बिया तथा आठौँमा मलावी रहेका छन् । नवौँ स्थानमा दक्षिण एसियाली मुलुक अफगानिस्तान रहेको छ । अफगानी महिलाहरुको प्रजननदर ५.४३ रहेको छ ।

प्रजनन दर सबैभन्दा उच्च रहेको नाइजरका महिलाहरुले निकै कम उमेरमै विवाह गर्ने र बच्चा जन्माउने गरेका छन् । तथ्यांक अनुसार त्यहाँका ७४ प्रतिशत महिलाहरुले १८ वर्षभन्दा कम उमेरमै विवाह गर्छन् । धेरै चेलीहरुको विवाह जबरजस्ती गराइन्छ र महिला प्रताडित हुने खाले विभिन्न परम्परागत मान्यता र प्रथा विद्यमान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment