Comments Add Comment

आमाको दूधबाट फेसियल

milkआमाको दुध बच्चाको लागि अमृत समान भनिन्छ । तर पश्चिमा देशका मानिसहरु भने आमाको अमृत समान दुधलाई विभिन्न रुपमा प्रयोग गर्न सुरु गरिसकेका छन्। यहीँ मेलोमा अमेरिकामा महिलाको दुधलाई अनुहारको सुन्दरीकरण अर्थात् फेसियल गर्नमा प्रयोग गर्न थालिएको छ ।

शिकागोमा रहेको रिभर नर्थ स्पालेले आमाको दुधबाट फेसियल गराउने सेवा सुरु गरेको छ । फेसियलका लागि निकै चर्चित रहेको उक्त स्पाले विभिन्न थरी फेसियलहरु ४० डलरमा गराउँदै आएको छ । तर सबैभन्दा चर्चित र अनौठो फेसियल चाहीँ महिलाको दुधबाट गराइने फेसियल बनेको छ । यो फेसियलका लागि थप १० डलर अर्थात् ५० डलर तिर्नुपर्नेछ ।

यो फेसियल किट तयार गर्नका लागि महिलाको दुधलाई सेतो माटोमा मिलाइन्छ, ता की उक्त किट अनुहारमा सुक्न पाओस् । स्पाका अनुसार यो पोषक फेसियल गर्ने हो भने अनुहारको छाला मुलायम बन्छ, बच्चाको नितम्ब जस्तै ।

मड फेसियल बार पनि भनिने यो स्पाकी संस्थापक हुन् समा पटेल । बच्चालाई दुध खुवाइरहेका महिलाहरुले आफ्नो अनुहारको छाला चम्किलो तथा दागरहित बनाउनका लागि आफ्नै दुध लेपन गर्ने गरेको कुरा थाहा पाएपछि आफुलाई दुधे फेसियलको आइडिया आएको उनी बताउँछिन् । आफुले छिटो नतिजा दिने, प्रभावकारी तथा सहरी केटीहरुलाई आकषिर्त गर्ने खालका कामकुरा मन पराउने भएकाले आमाको दुधको फेसियल सेवा सुरु गरेको उनको भनाइ छ ।

त्यो दुधे फेसियल स्पाले आमाको दुध कहाँबाट ल्याउँछ होला त ? कतै गाइको दुधलाई मान्छेको दुध भनेर ढाँटेको त होइन ? कहाँ हुनु ? महिलाको दुध जम्मा गर्ने दुध बैंकहरुमा आधिकारिक रुपमा दर्तावाल स्थानीय महिलाहरुबाट उनले ताजा दुध खरीद गर्ने गरेकी रहेछिन् । ती दुध बैंकहरुले दुध दाता महिलाहरुको स्वास्थ्य परीक्षण गर्ने र उनीहरुको दुधलाई स्पाका लागि प्रयोग गरिँदैछ भनेर दुध संकलन गरी सोही बमोजिमको पैसा भुक्तानी गर्ने गर्छन् ।

आमाको दुधबाट गरिने फेसियलले साँच्चीकै अनुहारको छालालाई दुधे बच्चाको नितम्ब जस्तै मुलायम र चम्किलो बनाउला त ? खैर, जे होस् । विज्ञहरुका अनुसार आमाको दुधमा ब्याक्टेरिया प्रतिरोधी तथा संक्रमण प्रतिरोधी गुण हुन्छ । त्यसैले यस्तो दुध अनुहारमा लगाउँदा जिवाणु लगायतका संक्रमणको जोखिम कम हुने र संक्रमण भैहालेको भएपनि प्रभावकारी उपचार भएर निको हुने चाहीँ पक्का रहेछ । श्रोत – एबीसी न्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment