Comments Add Comment

सचिन तेन्दुलकरको जर्सी ६ लाखमा लिलामी

Sachin-Tendulkar

९ चैत, काठमाडौं । भारतीय क्रिकेटर सचिन तेन्दुलकरले अन्तिम तथा २०० औं टेष्टमा लगाएको जर्सी ६ लाख भारुमा विक्री भएको छ ।

उनले सन् ३०१३ को नोभेम्बरमा वेस्ट इन्डिजबिरुद्धको टेस्टमा लगाएको जर्सी ६ लाख भारतिय रुपैयामा बिक्री भएको हो ।
२०१३ को नोभेम्बरमा मुम्बईमा भएको वेस्ट इन्डिजबिरुद्धको टेस्ट उनको करिअरकै २०० औं तथा अन्तिम टेस्ट थियो ।

जोधपुरको उम्मिद भवनमा गरेको लिलामीका क्रममा जोधपुरका राजा गज सिंहका छोरा शिवराज सिंहले सचिनको जर्सी ६ लाखमा बिक्री भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

सचिनको जर्सीसहितको यो लिलामीबाट ८० लाख रुपैयाँ संकलन भएको छ । यो सबै रकम टाउकोको चोटबाट पीडित मानिसको उपचारका लागि खर्च गरिने छ ।

सचिनको करिअरको अन्तिम टेस्टमा भारत वेस्ट इन्डिजबिरुद्ध १२६ रनले बिजयी भएको थियो, जुन खेलमा उनले ७४ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment