Comments Add Comment

मुवाँ थाइ प्रतियोगितामा नेपाललाई दुई पदक

kasya

९ चैत, काठमाडौं । विश्व मुवाँ थाइ प्रतियोगितामा नेपालले दुई कांस्य जितेको छ । थाइल्यान्डको बैंककस्थित लुम्पिनी रंगशालामा मार्च ९ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले दुई कांस्य जितेको नेपाल मुवाँ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

पुरुषको ६३ दशमलव ५ केजीमा छुल्टिम लामाले बंगलादेशका खेलाडीलाई पराजित गरी कांस्य जिते । सेमिफाइनलमा छुल्टिम पोल्यान्डका खेलाडीसँग हारे । त्यस्तै नेपाललाई अर्को कांस्य दिलाउने क्रममा पुरुषको ७१ केजीमा सूर्यबहादुर बुढाथोकीले लेवनानका खेलाडीलाई हराए । सेमिफाइनलमा भने सूर्य रसियाका खेलाडीसंग चुके ।

त्यस्तै एक चरणको नकआउट प्रोफेसनल भिडन्तमा पुरुषको ६३ दशमलव ५ केजीमा भूपेश शाक्य अफ्गानिस्तानका खेलाडीसँग पराजित भएपछि पदकविहीन बने । टोली शनिबारै स्वदेश फर्किसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment