Comments Add Comment

माधव नेपाललाई कारबाही गर्न युवा संघको माग

९ फागुन, काठमाडौं । एमालेको भातृ संगठन युवा संघ नेपालले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालप्रति खेद प्रस्ताव पारित गर्दै युवा संघबारे उनले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

युवा संघको हेटौंडामा सम्पन्न विस्तारित बैठकका सहभागीहरुले काठमाडौंमा युवा संघकै समानान्तर कार्यक्रममा नेपालले व्यक्त गरेका अभिव्यक्तिमाथि आपत्ति जनाएपछि खेद प्रस्ताव पारित गरेको हो ।

फाइल तस्वीर
फाइल तस्वीर

‘पार्टीका नेता तथा पूर्व प्रधानमक्न्त्री जस्तो जिम्मेवारी पूरा गरिसक्नु भएका माधव नेपालले दिनुभएको अभिव्यक्ति प्रति यो विस्तारित बैठक खेद व्यक्त गर्दछ’ बैठकको निर्णयमा भनिएको छ ‘यस्तो आरोपहरुको पुष्टि गर्न कामरेड माधव नेपाललाई चुनौति दिन चाहान्छौं’ ।

नेपालले युवा संघलाई हुल्याहा, डन, गुण्डा, रकम संकलकहरुको संगठन भयो भन्ने आरोप लगाएको भन्दै त्यसलाई पुष्टि गर्न नसके पार्टीले उक्त अभिव्यक्तिको छानविन गरेर उचित कारवाही गर्नुपर्ने माग गरेको छ ।

यो पनि पढ्नुस् 

केपीलाई माधवको प्रश्न : गुण्डा मुन्द्रेलाई कारवाही गर्ने कि नगर्ने ?

‘अन्यथा वर्ग शत्रुहरुले समेत लाउन नसकेका आरोपहरु युवा संघ नेपाल गुण्डा, डन, रकम संकलक, रक्तचन्द्, हुुल्याहारहरुको संगठन भने भन्ने आरोपले सिंगो युवा आन्दोलनमाथि गम्भीर प्रश्न उठेकाले कमरेड नेपालका उक्त अभिव्यक्तिको छानविन गरी उचित कारवाही गर्नका निमित्त नेकपा एमालेसँग जोडदार माग गर्दछ’ हेटौंडा बैठकको निर्णयमा भनिएको छ ।

युवा संघले नेपाल स्वयंलाई भेटेर यो आरोप पुष्टि गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले बताए । ‘यो विषयमा हामी चुप लाग्दैनौं’ उनले भने ।

बैठकले समानान्तर गतिबिधि गर्ने दिलु पन्त लगायत केही पदाधिकारीमाथि कारवाही गर्न स्थायी समितिलाई अधिकार दिएको छ । त्यस्तै सचिव अशोक चन्दमाथि भएको भनिएको आक्रमणको घटना छानविन गर्न सचिव रमेश पौडेलको संयोजकत्वमा आयोग गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment