Comments Add Comment

राष्ट्रिय क्रिकेटको उपाधिका लागि एपीएफ र आर्मी भिड्ने

९ फागुन, काठमाडौं । राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी भिड्ने भएका छन् ।

सोमबार भएको सेमिफाइनलमा आर्मीले क्षेत्र नम्बर ६ बैतडीलाई ११८ रनले पराजित गरेको छ । अर्को खेलमा क्षेत्र नम्बर २ वीरगञ्जलाई ७ विकेटले पराजित गर्दै आर्मीसँगको उपाधि भिडन्त पक्का गरेको छ ।

Anil-Mandal-and-Mahesh-Chatri

कीर्तिपुरमा पहिले ब्याटिङ गरेको आर्मीले महेश क्षेत्री र अनिल मण्डलको शतकको मदतमा ५० ओभरमा ६ विकेट गुमाएर ३२९ रन बनायो ।

उसका लागि ओपनरद्वय क्षेत्री र मण्डलले पहिलो विकेटका लागि २४७ रनको साझेदारी गरे । क्षेत्रीले १४३ बलमा १३४ रन बनाए भने मण्डलले १२५ बलमा १२८ रनको योगदान दिए । अन्य ब्याट्सम्यान भने चल्न सकेनन् ।

बैतडीका बसन्त खत्रीले ३ र कमल ऐरीले २ विकेट हात पारे ।

जवाफमा मैदान उत्रिएको बैतडी ३६.२ ओभरमा सबै विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो । उसका लागि प्रशान्त विष्ट र बसन्त खत्रीले ५३ रनको योगदान दिए पनि हार टार्न सकेनन् ।

आर्मीका सोमपाल कामीले ३ विकेट लिए भने राहुल विकले २ विकेट आफ्नो नाममा लेखाए । महेश प्लेयर अफ दि म्याच भए । 

पुल्चोकमा पहिले ब्याटिङ गरेको वीरगञ्ज ४२.२ ओभरमा १३४ रन जोड्दा सबै विकेट गुमायो । उसका लागि अनिल साहले ४० र सुरज कुर्मीले २८ रन जोडे पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

एपीएफका आरिफ शेखले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ३८ रन दिएका थिए । यज्ञमान कुमाल र बसन्त रेग्मीले २-२ विकेट हात पारे ।

जवाफमा एपीएफले मात्र १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि ओपनर सुवास खकुरेलले ५२ बलमा ७१ रन बनाए भने प्रदिप ऐरीले ३४ रन जोडे ।

इर्शाद अहमदले २ विकेट लिए । एपीएफका आरिफ शेख म्यान अफ दि म्याच बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment