Comments Add Comment

वक्षस्थलको सेल्फी नखिच्न सरकारको आदेश

bab

युवतीहरुले तिव्र रुपमा आफ्नो वक्षस्थलको तल्लो भागलाई निर्वस्त्र पारेर सेल्फी खिच्ने र सोसल मेडियामा अपलोड गर्न थालेपछि सरकारलाई टाउको दुखाइ भएको छ । ‘अण्डर बुब सेल्फी’ सेल्फीको क्रेज सोसल मिडियामा भाइरल बनेपछि सरकारले त्यस विरुद्ध कडा कदम चाल्दै आफ्नो वक्षस्थलको सेल्फी नखिच्न महिलाहरुलाई चेतावनी दिएको छ ।

समाचार थाइल्याण्डको हो । महिलाहरुमा बढ्दै गएको यस्तो अनौठो सेल्फी क्रेज देशको कम्प्युटर अपराध कानूनको विरुद्धमा रहेको भन्दै त्यहाँको सैनिक सरकारले अण्डरबुब सेल्फी खिचेर पोष्ट नगर्न महिलाहरुका नाममा चेतावनी जारी गरेको हो ।

थाइल्याण्डको कम्प्युटर अपराध ऐन, २००७ अनुसार देशको सुरक्षा व्यवस्थामा क्षति पूराउने, सार्वजनिक पीडा सिर्जना गर्ने सामाग्रीका साथै सार्वजनिक पहुँचमा पुग्ने अश्लील विद्युतिय सामाग्रीलाई प्रतिबन्धित गरेको छ ।

bab-2

थाइल्याण्डको संस्कृति मन्त्रालयले यो कानूनको उल्लंघन गर्नेले ५ वर्षसम्मको जेल सजाय पाउने चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता आनन्द चोउचोटीले रोयटर्सलाई भनेका छन्, ‘जब मानिसहरुले आफ्नो तल्लो वक्षस्थलको सेल्फी खिच्छन् उनीहरुको अनुहार देखिँदैन । त्यसैले यस्तो काम गर्ने मानिस को हो ? भनेर छुट्टाउन र चिन्न गाह्रो पर्छ जसका कारण अरु मानिस पनि त्यस्तै काम गर्न हौसिन्छन् ।’ मानिसहरुलाई यस्तो काम नगर्न आग्रह गर्दै त्यो गलत कार्य भएको उनले बताए ।

वेश्यावृत्तिका लागि निकै चर्चित थाइल्याण्डमा सरकारले पश्चिमा प्रभाव घटाउने र देशको परम्परा जोगाउने नाममा फिल्म, गीत संगीत तथा टेलिभिजन कार्यक्रममा समेत कडा सेन्सर गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment