Comments Add Comment

वेश्यावृत्ति फुकुवा गरेपछि कण्डम कम्पनीलाई मालामाल

condom
सरकारले वेश्यावृत्तिलाई गैरकानूनी ठहर गर्ने ६२ वर्षदेखिको कानूनलाई खारेज गरिदिएपछि परस्त्री गमन तथा परपुरुष गमन गर्ने विवाहित पुरुष तथा महिलाहरु त खुसी हुने नै भए, सबैभन्दा खुसी भने कण्डम उत्पादक कम्पनीहरुलाई थपिएको छ । परस्त्री तथा परपुरुषगमनलाई अवैध मान्ने पूरानो कानून व्यक्तिको स्वतन्त्रताको हक विरुद्ध भएको भन्दै संवैधानिक अदालतले वेश्यावृत्तिलाई वैध ठहराएसँगै मुख्य कण्डम उत्पादक कम्पनीको शेयर मूल्य आकाशिएको छ ।

समाचार दक्षिण कोरियाको हो । अदालतको निर्णयसँगै ‘जारकर्म’ अर्थात् परगमनको अभियोगमा सन् २००८ देखि नै मुद्दा खेपिरहेका झण्डै ५४ सय मानिसहरुलाई छुटकारा मिलेको छ भने अदालती फैसलावको दिन मुख्य कण्डम उत्पादक कम्पनी युनिडक कर्पको शेयर मूल्य झण्डै १५ प्रतिशतले बढ्यो ।

अदालती फैसला अनुसार अब परगमनको आरोपमा कसैलाई पनि अदालतमा मुद्दा लाग्ने छैन भने मुद्दा चलिरहेका हरुले सफाइ पाउनेछन् । त्यस्तै यो आरोपमा सजाय काटिरहेका हरुले सजाय माफीका लागि अपिल गर्न सक्नेछन् ।

दक्षिण कोरियाको ६ दशक पूरानो फौजदारी कानून अनुसार विवाहित महिला वा पुरुषले आफ्नो लोग्ने वा स्वास्नी छाडेर अरु मान्छेसँग यौन सम्पर्क गरेको ठहरेमा २ वर्षसम्म कैद सजाय हुने प्रावधान थियो । सन् १९८५ देखि यो कानूनको फन्दामा झण्डै ५३ हजार दक्षिण कोरियालीहरु परेका भएपनि कमैलाई मात्र जेल सजाय भएको थियो ।

पछिल्लो समयमा यो परम्परागत कानूनको पक्ष र विपक्षमा थुप्रै बहस सिर्जना भएको थियो । यो कानूनका विरोधीहरुले आधुनिक युगमा आइपुग्दा समेत यस्तो पुरातन कानून कायम हुँदा व्यक्तिको निजि जिवन तथा यौन मामिलामा हस्तक्षेप हुन पुगेको आरोप लगाएका थिए ।

संवैधानिक अदालतमा यो कानूनको विषयमा भएको फैसलामा ७ जना न्यायाधीशको राय बाझिएको थियो । ७ जना न्यायाधीशले कानून संविधान विपरित भएको भन्दै खारेज हुनुपर्ने राय दि एभने दुइ जना त्यसको विपरित उभिए । यद्यपि ९ जना न्यायाधीश मध्ये ६ जनाले एउटै राय दिएमा कुनैपनि कानून खारेज हुने प्रावधान अनुरुप जारकर्मलाई अवैध ठान्ने कानून खारेज भएको हो । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment