Comments Add Comment

खरानीमा मिसियो दुःखले आर्जेको सम्पत्ति (फोटो कथा)

१० चैत, ताप्लेजुङ । कैयौं वर्ष लगाएर जोडेको घरजम तीन घण्टा दन्किएको आगोले खरानी बनाइदिएपछि फुङलिङबासीको मुहार खरानीसँगै फुङ्ग उडेको छ ।

Taplajung (1)

मंगलबार दिउँसो उनीहरु आफ्नो घर रहेको ठाउँ पत्ता लगाउँदै खरानीभित्र बचेखुचेको धन खोज्दै गरेको अवस्थामा भेटिए ।

Taplajung (2)

अशक्त बालबालिका र वृद्धवृद्धाको सपना र थातबास खरानीमा परिणत भएको छ । उनीहरु उदास देखिन्छन् । अब कहाँ बस्ने ? के खाने ? अर्को घर कसरी बनाउने ? अन्योल र बिलखबन्दमा परेका छन् पीडितहरु ।

Taplajung (5)

जुन ठाउँमा बजार थियो, चहलपहल थियो, त्यहाँ अहिले फगत खरानीमात्रै देखिन्छ ।

Taplajung (3)

फुङलिङबासीका सामु एउटा भीमकाय विपत्ति आगोको लप्का बनेर आयो र धुँवासँगै बिलायो । दमकल लगायतका साधनको अभावमा सुरक्षाकर्मीले पनि केही गर्न सकेनन् । उनीहरु हेरेका हेर्यै भए ।

Taplajung (4)

यद्यपि सुरक्षाकर्मीले स्थानीयको सम्पत्ति रक्षाका लागि अहोरात्र प्रयत्न गरे । ढीलो आएको दमकलले अड्को फड्को तेलको धूपजस्तो काम गर्‍यो ।

Taplajung (6)Taplajung (10)तस्वीर  – रवीन भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment