Comments Add Comment

रोमाञ्चक जितका साथ न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

१० चैत, काठमाडौं । दक्षिण अफ्रिकाबिरुद्ध ४ विकेटको रोमान्चक जित निकाल्दै विश्वकप क्रिकेटको सह-आयोजक न्यूजिल्याण्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

Grant-Elliott-Newzwland

  • अन्तिम ओभरको ब्याटिङमा ग्रान्ट इलियट

दक्षिण अफ्रिकाले दिएको २९८ रनको लक्ष्य न्यूजिल्याण्डले ४२.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अब मार्च २९ मा अष्ट्रेलियाको मेलर्बनमा हुने फाइनल खेलमा न्यूजिल्याण्डले अष्ट्रेलिया र भारत बिचको बिजेतासँग खेल्ने छ ।

न्यूजिल्याण्डलाई अन्तिम ओभरमा १२ रन चाहिएको थियो । अन्तिम ओभरको पाँचौ बलमा ग्रान्ट इलियटले छक्का प्रहार गर्दै जित सुनिश्चित गरे । त्यसअघि अन्तिम ओभरको पहिलो बलमा डेल स्टेनले लेगबाई दिएका थिए भने दोस्रो बलमा ग्रान्ट इलियटले १ रन जोडेका थिए ।

इनिङको सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेको न्यूजिल्याण्डले सुरुको पाँच ओभरमा विनाविकेटको क्षतिमा ७१ रन जोडेको थियो । कप्तान ब्रेन्डन म्याकुलम र मार्टीन गुप्टिलले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे ।

म्याकुलम ३२ बलमा ५९ रन बनाएर आउट भए । म्याकुलम आउट भएसँगै न्यूजिल्याडको इनिङ धर्ममराउन थालेको थियो । केन विलियमसन ६ रनमा आउट भए । त्यस्तै गुप्टिल ३४ रनमा रनआउट भए भने रोस टेलर ३० रनमा आउट भए ।

अलराउन्डर कोरी एन्डरसन र ग्रान्ट इलियटले पाँचौ विकेटकालागि १०३ रनको साझेदारी गरे । एन्डरसन ५८ रनमा आउट भए भने ।

इनिङको पाँचौ बलमा बिजयी छक्का प्रहार गरेका इलियट ८४ रनमा अबिजित रहे । ७३ बलको सामना गरी ७ चौका र ३ छक्का प्रहार गरेका उनी प्लेअर अफ दी म्याच भए ।

४२ औं ओभरको अन्तिम बलमा ग्रान्ट इलियटको क्याच लिने त्रलममा बर्हादीन र डुमिनी एकआपसमा ठोक्किन पुगेका थिए ।

दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले ३ तथा डेल स्टेन र जेपि डुमिनीले समान १-१ विकेट लिए ।

बर्षाका कारण छोट्याइएको ४३ ओभरमा दक्षिण अफि्रकाले ५ विकेटको क्षतिमा २८१ रन जोडेको छ । तर डर्क वर्थ लेविस मेथडका आधारमा छोट्याइएको खेलमा न्यूजिल्याण्डले २९८ रनको नयाँ लक्ष्य पाएको थियो ।

दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले ८२ रनको योगदान गरे भने एबी डेभिलियर्स ६५ रनमा अविजित रहे । डेभिड मिलरले ४९ रन जोड्दा राइली  रुसाउले ३९ रन बनाए । क्वीन्टन डि ककले १४ रन जोडे भने अन्य ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले २ र कोरी एन्डरसनले ३ विकेट लिए । जारी प्रतियोगितामा सर्बाधिक २१ विकेट लिएका बोल्ट लिडिङ विकेट टेकरको शिर्ष स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment